आदर्शनगर छापामारी विवादमा, व्यापारी र सुरक्षाकर्मी आमनेसामने
वीरगंज २६ माघ । वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित दुर्गा ट्रान्सपोर्टको प्रयोगमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीले केही समयका लागि क्षेत्रलाई तनावग्रस्त बनाएको थियो। सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत नायब उपरीक्षक विकास अधिकारीका अनुसार गोदाममा खानतलासी