January 15, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ समाज हेडलाइन

बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त सद्भाव र्‍याली

बीरगञ्ज । पछिल्ला केही दिनदेखि बीरगञ्जमा देखिएको धार्मिक प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न तनावलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णयहरू लागू गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले परिस्थितिलाई सामान्य बनाउने उद्देश्यसहित आज अपराह्न ४ बजे बीरगञ्ज बजार क्षेत्रमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक उन्मादः TikTok मार्फत सामाजिक सद्भाव बिगार्नेसमेत पक्राउ

धनुषा २१ पुस । धनुषा जिल्लामा मस्जिदमा तोडफोड गरी पवित्र कुरान जलाइएको घटनाबाट सुरु भएको धार्मिक उन्माद फैलाउने प्रयासमा संलग्न व्यक्ति तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधा उपमहानगरपालिका–६ मा रहेको मस्जिदमा तोडफोड गरी मस्जिदभित्र रहेका कागजात तथा पवित्र कुरान जलाइएको घटनाले जिल्लाको सामाजिक सद्भावमा खलल पुर्‍याउने

Read More
प्रदेश २ समाज स्वास्थ्य हेडलाइन

पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी र स्थानीय निकाय पूर्ण सक्रिय

वीरगंज २६ असाेज । डेढ महिनादेखि पर्सा र बारा जिल्लामा फैलिएको हैजा र झाडापखालाको जोखिम अझै उच्च रहँदा, नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको शुभारम्भ गरेका थिए । उनले खोप

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

गृहमन्त्री लेखकको विरगञ्जमा सम्बोधन : “लिपुलेक हाम्रो भूभाग, संविधानको रक्षा सबैको कर्तव्य

विरगंज १६ भदाै । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको विदेश भ्रमणबारे जानकारी दिए। उनले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा लिपुलेक नेपालकै भूभाग भएको प्रस्ट पारेको उल्लेख गर्दै, “आफ्नो भाग आफैं हो भन्नाले भारत वा चीन कसैको टाउको दुख्दैन” भन्ने स्पष्ट सन्देश दिएको

Read More
देश प्रदेश २ हेडलाइन

मधेशवादि दलकाे सरकारसँग सम्बन्ध चिसिँदै ।मन्त्री नटेरेपछि मधेशका दुई दल सरकारबाट बाहिरिने तयारीमा

काठमाडौं १३ भदाै। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशका दुई दलसँगको सम्बन्ध जोगाउन नसक्ने संकेत देखिन थालेको छ। आफ्नै मन्त्रीले पार्टीको निर्देशन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै सरकारबाट बाहिरिने तयारीमा छन्। जसपाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

Read More
देश प्रदेश २ हेडलाइन

पर्सामा हैजा फैलिँदा काँग्रेस नेता साहाबुद्दिन अस्पतालमा, स्थानीय निकायप्रति असन्तुष्टि

वीरगंज ०९ भदाै । पर्सा क्षेत्र नं. २ का नेपाली कांग्रेस सभापति मोहम्मद साहाबुद्दिन हैजाले प्रभावित बिरामीसँग अस्पताल पुगेर भेटघाट गरेका छन्। प्रभावितहरूलाई मनोबल दिनका साथै उनले “सकेसम्म सरकारबाट सहयोग दिलाउने” आश्वासन समेत दिएका छन्। भेटघाटकै क्रममा स्थानीयवासीले “नेताहरू महँगो स्टन्ट मात्र गर्छन्, वास्तविक काम गर्दैनन्” भन्ने गुनासो राखेपछि सभापति साहाबुद्दिनले तत्काल स्वास्थ्य मन्त्री प्रदीप

Read More
देश प्रदेश २ हेडलाइन

पर्सामा पहिलो पटक ड्रोनमार्फत भूमि नापजाँच, १० मिनेटमै महिनौंको काम सकियो

वीरगंज २३ श्रावन । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रङ्गपुर टाडीमा नेपालमै पहिलो पटक ड्रोन प्रविधि प्रयोग गरी भूमि नापजाँच कार्य सम्पन्न गरिएको छ। भूमि समस्या समाधान आयोगको टोली, वरिष्ठ नापी अधिकृत तथा अनुगमन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा शुक्रबार नापजाँच सम्पन्न भएको हो। आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या

Read More
अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

निर्माण कार्यमा प्रयाेग हुने बुल मेसिनको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. को शाखा अब वीरगन्जमा

वीरगंज जेठ । बुल मसिन इन्डिया प्रा. लि. को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. ले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी बीरगंजमा नया शाखा विस्तार गरेको छ । अटोवेज प्रा.लि.निर्देशक सन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले सयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन। अटोवेज प्रा.लि. नेपालको मुख्य कार्यलय रहेको पोखराबाट विभिन्न ब्यबसायमा लगानी गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

मेयर सिहको ठेकेदार अनियमित असुली गर्दैगर्दा पक्राउ । ठेक्दार सहित ८ जना बाउन्सर प्रहरी हिरासतमा ।

बीरगंज जेष्ठ । बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहका मानिस सञ्जय पटेलले गिट्टी बालुवाकाको कर उठाउन लिएकाे ठेक्कामा अबैध असुली गरेकाेले पर्सा प्रहरीद्वारा पक्राउ परेका छन । बीरगंजको भेडाहा खोलाबाट उत्खनन गरिने गिट्टी बालुवाको कर उठाउने ठेक्का मेयर सिहले आफ्नै मानिस सन्जय पटेलकाे शिव शान्ति कन्स्ट्रक्सनलाइ दिएका थिए । ठेक्का कम्पनीले गिट्टी बालुवा ढुवानी गर्ने

Read More
देश प्रदेश २ हेडलाइन

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे ।

वीरगज १५ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा वीरगजमा बृक्षारोपण र सरसफाई लगायतका कार्यक्रम गरिएकाे छ । वीरगन्जको चिनीमिल परिसमा रहेको प्रसीद्ध पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो भने बहुवरीकाे ईदगाह र उम्मे कुलसुम बनात विधालयमा सरसफाई गरिएकाे छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा उक्त क्षेत्रहरुमा सरसफाई गरिएको थियो ।

Read More