बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त सद्भाव र्याली
बीरगञ्ज । पछिल्ला केही दिनदेखि बीरगञ्जमा देखिएको धार्मिक प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न तनावलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णयहरू लागू गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले परिस्थितिलाई सामान्य बनाउने उद्देश्यसहित आज अपराह्न ४ बजे बीरगञ्ज बजार क्षेत्रमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको