कडा सुरक्षा घेराबीच पर्सामा शान्तिपूर्ण मतदान महिलाहरू भयरहित वातावरणमा मताधिकार प्रयोग गर्दै
वीरगञ्ज २१ फागुन । निर्वाचनको पूर्वसन्ध्यामा भएका दुई छुट्टाछुट्टै घटनाले केही समय पर्सावासीलाई चिन्तित बनाएको भए पनि आज भने कडा सुरक्षा व्यवस्थाबीच जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। सुरक्षा निकायको उच्च सतर्कता र समन्वयका कारण सम्भावित जोखिम नियन्त्रणमा आउँदा मतदाताहरू निर्धक्क भएर मतदान केन्द्रमा पुगिरहेका छन्। हिजो जिल्लाका विभिन्न स्थानमा भएका दुई घटनाले