पर्सा २५ माघ ।
नेपाली चलचित्र क्षेत्रमा गहिरो छाप छोडेका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ। आइतबार दिउँसो उनको शव श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिएसँगै नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ।
चलचित्र विकास बोर्ड परिसरमा थापालाई अन्तिम बिदाइ दिन कलाकार, फिल्मकर्मी र शुभेच्छुकहरूको घुइँचो लागेको छ। अभिनेता सरोज खनाल, गौरी मल्ल, रेखा थापा, हरिवंश आचार्य लगायत थुप्रै चर्चित कलाकारहरू श्रद्धाञ्जली दिन बोर्ड पुगेका छन्।६८ वर्षको उमेरमा शनिबार बिहान सुनिल थापाको निधन भएको थियो। खलनायकदेखि चरित्र अभिनेतासम्म विविध भूमिकामा आफूलाई स्थापित गरेका थापाले दर्जनौँ नेपाली चलचित्र, साथै बलिउड फिल्म र वेब सिरिजहरूमा समेत अभिनय गरेका थिए।
उनको अभिनय शैली, संवाद बोल्ने कला र दमदार उपस्थितिले नेपाली चलचित्रलाई नयाँ उचाइ दिएको धेरैको भनाइ छ। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।
देश
विविध
हेडलाइन
६८ वर्षमै अस्ताए सुनिल थापा, विकास बोर्डमा अन्तिम बिदाइ
- २६ माघ २०८२, आईतवार
- 153 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार