पर्सा २५ माघ ।
नेपाली चलचित्र क्षेत्रमा गहिरो छाप छोडेका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ। आइतबार दिउँसो उनको शव श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिएसँगै नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ।
चलचित्र विकास बोर्ड परिसरमा थापालाई अन्तिम बिदाइ दिन कलाकार, फिल्मकर्मी र शुभेच्छुकहरूको घुइँचो लागेको छ। अभिनेता सरोज खनाल, गौरी मल्ल, रेखा थापा, हरिवंश आचार्य लगायत थुप्रै चर्चित कलाकारहरू श्रद्धाञ्जली दिन बोर्ड पुगेका छन्।६८ वर्षको उमेरमा शनिबार बिहान सुनिल थापाको निधन भएको थियो। खलनायकदेखि चरित्र अभिनेतासम्म विविध भूमिकामा आफूलाई स्थापित गरेका थापाले दर्जनौँ नेपाली चलचित्र, साथै बलिउड फिल्म र वेब सिरिजहरूमा समेत अभिनय गरेका थिए।
उनको अभिनय शैली, संवाद बोल्ने कला र दमदार उपस्थितिले नेपाली चलचित्रलाई नयाँ उचाइ दिएको धेरैको भनाइ छ। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।
देश
विविध
हेडलाइन
६८ वर्षमै अस्ताए सुनिल थापा, विकास बोर्डमा अन्तिम बिदाइ
- २६ माघ २०८२, आईतवार
- 246 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार