पर्सा २५ माघ । सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण तथा मतदातालाई “कसलाई मत दिनुहुन्छ?” भनेर सोध्दै मतदाताको गोपनीयता भङ्ग गरिएको भन्दै जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले गम्भीर आपत्ति जनाएको छ।
निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै यस्तो कार्य निर्वाचन आचारसंहिता–२०८२ को स्पष्ट उल्लङ्घन भएको जनाउँदै सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सरोकारवालालाई आचारसंहिता पालना गर्न कडा ध्यानाकर्षण गराएको हो।
कार्यालयका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ अनुसार मतदाताको गोपनीयतामा हस्तक्षेप गर्ने, अनधिकृत प्रचारप्रसार गर्ने वा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। यस्ता गतिविधि नरोकिए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि मात्र, मतदानको दिनभन्दा १७ दिन अघिदेखि प्रचारप्रसार गर्न पाइने व्यवस्था रहेको स्मरण गराएको छ। सो अवधिमा मात्रै जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न पाइने व्यवस्था छ।
तर, पटक–पटक छलफल, अन्तरक्रिया र सूचना जारी गरी जानकारी गराइसक्दा पनि केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरूले निर्धारित समयभन्दा अगावै कोणसभा, घरदैलो तथा प्रचार सामग्री प्रकाशन–प्रसारण गरिरहेको गुनासो आएको निर्वाचन कार्यालयले जनाएको छ।
यदि कसैबाट आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा तत्काल कानुनी कारबाही अघि बढाइने निर्वाचन कार्यालयले स्पष्ट पारेको छ।
आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
देश
राजनिती
हेडलाइन
सोसल मिडियामा ‘कसलाई मत?’ प्रश्न उठेपछि निर्वाचन कार्यालय काठमाडौँ कडा
- २६ माघ २०८२, आईतवार
- 261 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार