पर्सा २५ माघ ।
टि–२० विश्वकप २०२६ मा नेपालले जित नजिक पुगेर पनि हार व्यहोर्नु परेको छ। आफ्नो पहिलो खेलमै बलियो इङ्ल्यान्डविरुद्ध उत्कृष्ट संघर्ष गरेको नेपाल ४ रनले मात्र पराजित भयो। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा भएको यो खेल अन्तिम ओभरसम्म दर्शकलाई कुर्सीबाट उठ्न नदिने खालको रह्यो।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। १८५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा नेपाल जित नजिक थियो, तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नतिजा नेपाल पक्षमा आएन।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात दिलाए। तर चौथो ओभरमा आसिफ र छैटौं ओभरमा भुर्तेल आउट भएपछि नेपाल दबाबमा आयो। भुर्तेलले १७ बलमा २९ रन बनाउँदै ४ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै खेललाई रोमाञ्चक बनाएका थिए। दीपेन्द्रले ४४ रन बनाउँदै एक ऐतिहासिक उपलब्धि पनि हासिल गरे। उनी टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने। रोहितले ३९ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बम अन्त्यसम्म ३९ रनमा अविजित रहे।
बलिङतर्फ इङ्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए भने आर्चर, वुड, विल ज्याक्स र सैम करनले एक–एक विकेट हात पारे। यसअघि इङ्ल्यान्डको सुरुवात कमजोर रह्यो। दोस्रो ओभरमै फिल साल्ट आउट भए भने जोस बटलर पनि पाँचौं ओभरमै पभेलियन फर्किए। तर ज्याकब बेथेल (५५) र कप्तान ह्यारी ब्रुक (५३) ले अर्धशतक प्रहार गर्दै इङ्ल्यान्डलाई मजबुत स्कोरसम्म पुर्याए। विल ज्याक्स ३९ रनमा अविजित रहे। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट झारे। हार भए पनि नेपालको प्रदर्शनले विश्व क्रिकेटमा आफ्नो उपस्थितिलाई बलियो सन्देश दिएको छ।
देश
विविध
हेडलाइन
वानखेडेमा सास रोकिने खेल, नेपाल ४ रनले इङ्ल्यान्डसँग पराजित।
- २६ माघ २०८२, आईतवार
- 182 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार