बारा २ जेठ ।
साना किसान कृषि सहकारी सस्था लिमिटेड प्रसौनि २ बाराले सदस्य महिलाहरुलाई शैक्षिक भ्रमण गराएको नाममा ब्रम्हलुट मचाएको समाचार प्रकाशमा आएको छ। ग्रामीण महिलाहरुको आर्थिक शैक्षिक बिकास गर्ने स्वरोज्गार बनाउने उदेस्यले सञ्चालन भएको साना किसान लघुबित्त महिला समुह प्रसौनि बाराले आफ्ना सस्थाका महिला समुहहरुलाई शैक्षिक तथा अध्यन भ्रमण भन्दै तीन दिने पोखरा र मनकामनाको भ्रमण गराएको थियो । भ्रमणमा ५६ जना महिला सहित सस्थाका पदाधिकारी गरि ६० जना सहभागी रहेका थिए । महिलाहरुलाई पोखरा घुमाएर मनकामना माइको दर्शन गराईएको थियो । ३६ सिटे यात्रुवाहका बसमा ५६ जना महिला सहित ६० जनालाइ कोचाकोच गरेर लगिएको थियो ।
दिनकाे दुइ छाक खाना र नास्ता ख्वाउनु पर्नेमा तीन दिनमा ३ छाक मात्र दाल भात तरकारी खान दिएको गुनासाे महिलाहरुले गरेका थिए ।
त्यस्को लागि यहिबाट चामल दाल तरकारी पकाउने भाडा लगिएको थियो दिनमा एक छाक मात्र खाना खुवाइको थियो भने नास्ता दिइएको थिएन। समुहका प्रबन्धक बिकास यादब र अध्यक्ष रुना देबिले प्रत्येक सदस्य महिलासंग भ्रमण खर्च भनेर एक हजारको दरले रकम उठाएका थिए भने लघुबित्त सस्थाले एक मलाख ७० हजार दिएको थियो कुल रकम २ लाख २६ हजार मध्य १ लाख ९० हजार खर्च देखाइएको थियो । सहभागी महिलाको अनुसार ६०/७० हजारपनि खर्च नभएको प्रबन्धक बिकास यादब सहितले बढी खर्च देखाएर रकम हिनामिना गरेको आरोप लगाएका छन । पदाधिकारीहरुले महिलाहरुलाई शैक्षिक भ्रमणको नाममा ब्रह्मलुट मचाएको सहभागी महिला सदस्यहरुकाे आरोप छ ।
देश
प्रदेश २
समाज
हेडलाइन
साना किसान सहकारी प्रसौनि बाराले शैक्षिक भ्रमणको नाममा ब्रह्मलुट मचायो ।
- २ जेष्ठ २०८१, बुधबार
- 401 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार