बीरगंज २७ बैशाख ।
बीरगंजमा बृद्ध भत्ता खाने उमेरमा लामो संघर्ष पछि एक जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन । जिल्ला प्रशासन कार्यालय पर्साबाट बृद्धले बंशजको नागरिकता प्राप्त गरेका हुन ।
बिरगंज महानगर पालिका वडा नम्बर १ निवासी दशरथ गिरि नेपाली नागरिकताको प्रमाणपत्रबाट बन्चित थिए । नेपाली नागरिकता नहुदा उनी नेपाल सरकारबाट पाउने सबै सुबिधाबाट बन्चित थिए । लामो संघर्ष पछी गिरिले जिल्ला प्रशासन कार्यालय पर्साबाट घरमा बसेर पेन्सन खाने उमेरमा नागरिकता पाएका छन । नागरिकतामा उल्लेख भए अनुसार उनको जन्म बिक्रम सम्बत १९९४ साल बैशाख १५ गते भएको थियो जन्म मिति अनुसार उनको उमेर ८७ बर्ष भयो । गिरिले ७० बर्षको उमेरबाट पेन्सन पाउनुपर्ने थियो तर नागरिकता नभएको कारण पेन्सन सहित सम्पुर्ण सरकारी सुबिधाबाट बन्चित थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट आज मिति २०८१ साल बैशाख २७ गते ना प्र नम्बर ३४ -०१-८१ -०१०२१ प्राप्त गरेका छन ।
गिरिको पिताको नाम लिलानाथ गिरि उल्लेख छ भने उनलाई जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत कृष्ण प्रसाद खतिवडाले हस्ताक्षर गरेर नागरिकता दिएका छन ।
देश
प्रदेश २
राजनिती
समाज
हेडलाइन
एक बृद्धले पेन्सन पाउने उमेरमा नागरिकता पाएका छन ।
- २७ बैशाख २०८१, बिहीबार
- 340 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार