April 15, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

स्वास्थ्य माफिया डा.जैनुदिन अंसारी नागरिककाे स्वास्थसंग खेलवाड गर्दै । नेशनल मेडिकलका का एमडि जैनुदिनका छाेराे साहनवाज प्रहरी हिरासतमा

वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरी सहित महानगरको अनुगमन टोलीले आज छापा मारेको
छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको विशेष सूचनाको आधारमा महानगरले छापा मारेकाे हो ।
नेशनल मेडिकल कलेजमा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक डा जैनुदिन अंसारीकाे छाेरा शाहनवाज हुसेनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकल र औषधिहरु बरामद भएपछि कलेजका एमडी अन्सारी सहित एक कमर्चारीलाई नियन्त्रणमा लिइएको
छ ।
बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *