कास्की- स्रोत नखुलेको ६ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।सोमबार रातिदेखि निगरानी गरिरहेको प्रहरीले ४० वर्षीय भौमिकलाई पक्राउ गरी हिजो साँझ सार्वजनिक गरेको हो । भौमिकको साथबाट ६ केजी ६९ ग्राम सुन, ६ केजी चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको छ ।यसबारे थप अनुसन्धान भइरहेको र आज बिहान सुन, नगदसहित भौमिकलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।भौमिकले तीन तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री गर्ने गरेका थिए । भौमिकको साथबाट १३ थान चेकसमेत फेला परेका छन् ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार