April 15, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

कलियुगि रत्नाकर बाल्मिकि बन्नै सक्दैन ।

बिरगंज १ फाल्गुन।
किर्ते नागरिकता मुद्दामा नराम्रो सङ्ग फसेका बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिहलाई केहि ब्यक्तिहरुले रामायणका रचयिता बाल्मिकि ॠषि बनाउने प्रयास गरिरहेका छन ।
राजेशमान सिहको बिगतको इतिहास नगरबासिले भुलेका छैनन। सानातिना तस्करिबाट अपराधकर्म सुरुगरेका सिहले त्यसपछि देशमा बहुदलीय ब्यबस्थाको आगमन भएपछि राजनैतिक सङरक्षण पाएपछि ठुलो ठुलो मालबस्तुको तस्करी गर्न थाले,ठेक्का पट्टामा हात हाले आफ्नो एउटा गिरोह पनि त्यार पारे । डर धाक धम्कि देखाएर ठेक्का हात पार्न थाले सिह गिरोहले लिएको ठेक्काको काम गुणस्तरिय भएन कालो सुचिमा परेपछि भाइभतिजा तथा साथीहरुको नाममा ठेक्का लिन थाले सम्पत्ति कामएपछि राजनीतिमा हात हाले ।
अनि रत्नाकर डाकु महर्षि वाल्मीकि भए

भनिन्छ,वाल्यकालमा उनलाई एक निसन्तान दम्पतीले चोरेका थिए । उनीहरुकै काखमा रत्नाकर हुर्किए । जवान भएपछि रत्नाकरले विवाह गरे । विवाहपछि नै हो उनी कुकर्ममा लागेको । परिवारको पालन-पोषण गर्न रत्नाकरले डकैती गर्न थाले ।
एक पटक उनले जंगलको बाटो हुँदै कतै गइरहेका साधुहरुको समुहलाई हत्या गर्ने धम्की दिए । साधुले उनलाई ‘यो सबै पाप काम किन गरिरहेका छौं’ भनेर सोधे । रत्नाकरले आफ्नो र परिवारका गुजाराका लागि यस्तो काम गरेको बताए । तब साधुले उनलाई सम्झाए, ‘पाप कर्म तिमी गर्दैछौं, त्यसको सजाय पनि तिमी एक्लैले भोग्नुपर्छ । तिमी आफ्ना परिवारलाई सोध, के उनीहरुले तिम्रो यो पापको दण्ड साझेदार गर्नेछन् ?’
यही विन्दुमा आइपुगेपछि रत्नाकरले आफ्नो कुकर्म त्यागे । र, सत्यको वाटो रोजे ।

अहिले पाच दलिय गठबन्धनबाट चुनाव लडेर बिरगंज महानगर पालिकाको मेयर बन्न सफल भएका राजेशमान सिह आर्काको छोरिलाई आफ्नो छोरी बानाएर नागरिकता दिलाएको मुद्दा खेपिरहेका छन ऊनी विरुद्ध सात वटा नियमनकारी निकायमा नागरिकता किर्ते मुद्दा परेको छ । गृहमन्त्रालयको टोलिले बिरगंज आएर छानबिन गरिरहेको छ। सिह विरुद्ध नागरिकता किर्ते मुद्दा परेपछि उनलाइ रत्नाकर डाकु पछि ॠषिमुनिकाे सङ्या दिन थालियाे तर रत्नाकर डाकुकाे ऋषिमुनिकाे सङगत परेपछि
हृदय परिवर्तन भै बाल्मिकि ॠषि भएर रामायण महाकाब्यको रचना गरेका थिए । अहिले सिहलाइ पनि बाल्मिकि सङ्ग तुलना गरिदै छ । स्पष्ट के छ भने कलियुगि रत्नाकर डाकु बाल्मिकि ॠषि कदापि हुन सक्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *