वीरगंज २८ माघ । वीरगंजका मेयर राजेशमान सिहकाे नक्कली छाेरी नागरिकताले नया माेड लिएकाे छ । आफूसँग नाता कायम नै नभएकी युवतीलाई बुबा बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग शनिबार आफूले बहुविवाह गरेको ब्यान दिए ।
शनिबार गृह मन्त्रालयकाे छानबिन टाेलीले मेयर सिहसंग लिएकाे ब्यानमा सिहले रुविना श्रेष्ठ भनिने रुबिना भट्टराई आफ्नाे छाेरी भएकाे स्विकार गर्दै रिता भट्टराई दाेश्राे श्रीमती समेत रहेकाे गृहकाे ब्यानमा दर्ज गराएका छन ।
विगत लामाे समयदेखि वीरगंजका सचेत नागरिक समूह मेयरकाे किर्ते कलाकारिता माथि प्रश्न चिन्ह खडा गर्दै आधा दर्जन भन्दा बढि निकायमा १ दर्जन भन्दा बढि व्यक्तिले मुद्दा दर्ता गराए र प्रशासन झगझगाउन चरमबद्ध आन्दाेलन समेत गर्दै आएका छन ।
मेयर सिहले सरकारी निकायलाई नागरिकता प्रकरणमा ढाँट्न शनिबार बहुविवाहको बयान दिए र सो झुटाे बयानलाई जनता सामु सहि साबित गर्न भाेलिपल्ट आईतबार उनले कान्छी श्रीमती भनिएकी रिता भट्टराईलाई बयानको २४ घण्टा नबित्दै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न लगाए । भट्टराईले अदालतमा दर्ता गरेको फिराद पत्रमा आफू सिंहको श्रीमती कायम रहेको दाबी गरिएको छ तर त्यसलाई प्रमाणित गर्न कुनै कागजात पेश गरिएकाे छैन । मेयर सिंहले रुबिनाका नाममा बनाइदिएको कागजातका आधारमा भट्टराईले आफू भएकाे श्रीमती दाबी गरेकी छिन् ।

जिल्ला अदालत पर्साका अनुसार श्रीमती नाता कायमै नभएकी भट्टराईले आइतबार सम्बन्ध विच्छेद र अंश दाबी गर्दै मुद्दा दायर गरेकी हुन् ।
जिल्ला अदालतमा उनले पेश गरेको फिराद पत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरिएको छ ।
आफ्नो शरीरबाट जन्मेकी छोरी रुबिनाको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोकै आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिराद पत्रमा उल्लेख गरिएकाे छ ।
‘प्रतिवादी राजेशमान सिंह प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए तापनि मेरो शरीरबाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकताबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ । ‘
‘मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वत विवाह भएको मानिने उल्लेख छ । अतः स्थापित कानुन अनुसार प्रतिवादी राजेशमान सिंह मेरो पति भएको पुष्टि हुन्छ,’ भट्टराईको फिराद पत्रमा दावी गरिएको छ ।”
युवतीको जन्म दर्तामा पनि किर्ते
मेयर सिहले एक गल्ती छोप्न अर्को गल्ति गरिरहेका छन् । किर्ते नागरिकता दिलाएकि छाेरीलाई वैधानिक बनाउन मेयर सिहले जन्मदर्ता नै किर्ते खडा गरेकाे पाईएकाे छ ।
मेयर सिहको नागरिकता किर्ते प्रकरण छानबिनका लागि वीरगंज पुगेको मन्त्रालयको टोलीलाई मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइ दिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिए तर उनले छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको सो प्रमाण पत्र जारी गर्ने तत्कालिन वडा कार्यालय ३ का सचिव भिखारि रायले बताएका छन ।
सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । रिता भट्टराईले जिल्ला अदालत पर्सामा पेश गरेको उक्त जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको देखिन्छ तर,भिखारी रायले उक्त जन्म दर्तामा प्रयोग भएको हस्ताक्षर र नाम किर्ते गरिएको भिडियो बयान दिएका छन् । रायले उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर र आफ्नो हस्ताक्षर फरक रहेको दाबी गरेका छन् ।
मेयर सिहले वीरगंज उपमहानगरपालिका कार्यालय,वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लागत फारम नं.१०६/२०७१/२०७२ बाट जन्म दर्ताको प्रमाणपत्र तयार गरेका थिए । जन्म दर्ताको प्रमाणपत्रमा स्थानीय पञ्जिकरणको किर्ते हस्ताक्षर मात्र नभई बुवा भनिएको राजेशमान सिंहको नागरिकता नम्बर र आमा भनिएको रिता भट्टराईको नागरिकता नम्बर समेत गलत उल्लेख गरिएको पाइएको छ ।
नागरिकता किर्ते प्रकरणको छानबिन थप पेचिलो बन्दै गएपछि शनिबार मेयरले कारबाहीबाट जोगिन आफ्नो दुईवटा श्रीमती रहेको बयान गृह मन्त्रालयको छानबिन समितिलाई दिएका थिए ।
मेयर सिहले एउटा झुट ढाकछाेप गर्न सरकारी सहिछाप किर्ते झुटमाथि झुट बाेल्दै गर्दा यसले उनी थप उदाङ्गो हुँदै गएका छन् । मेयर सिह नैतिक धरातल गुमाइ रहेकाे वीरगंजवासिहरु आभास गर्न थालेका छन ।




