April 15, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

जाली नागरिकता प्रकरणमा जोगिन न्वारनको बल लगाउदै । मेयर सिह जतिसुकै शक्तिकेन्द्र धाए पनि नजोगिने ठोकुवा

बिरगंज ४ फागुन ।
बिरगंज महानगर पलिकाका मेयर राजेशमान सिह आफु विरुद्ध किर्ते गरि अरुको छोरीलाइ आफ्नो छोरी बनाएर नागरिकता दिलाएकोले कायर्वाही गर्न माग गर्दै नियमनकारि निकायहरुमा उजुरी परेपछि अफ्ट्यारोमा परेका छन ।
जाली प्रमाण पेस गरि अर्काको छोरीलाइ आफ्नो छोरी बनाएर नागरिकता दिलाएको भनी प्रमाणित भए पद पनि जाने र जेल पनि जानुपर्ने अबस्था आउने देखेपछि बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिह आतिएका छन आफु जोगिन र पदपनि जोगाउन बाजे हजुर बाजेको नाम समेत भजाएर प्रधानमन्त्रि कार्यलायकाे सचिवालय तथा शक्ति केन्द्रहरु धाईरहेका छन ।
मेयर सिहले प्रमुख प्रतिपक्षी नेता एमालेका अध्यक्ष के पि शर्मा ओलि ,गृहमन्त्री नारायणकाजि श्रेष्ठ ,नेपाली काङ्ग्रेसका वरिष्ठ नेताहरु नेपाल महानगर पालिका एशोसियसनका अध्यक्ष स्थानिय निकायका अन्य प्रमुखहरु सगं अफुलाइ नागरिकता मुद्दामा जोगाइदिन यचना गर्दै हिडिरहनु भएको छ तर कहिकतैबाट सकारात्मक प्रतिक्रिया भने अहिले सम्म पाएका छैनन ।
जाली प्रमाण पेस गरि राजेशमान सिह श्रेष्ठले अरुको छोरी रुबिना श्रेष्ठलाई आफु पिता भएको भन्दै नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए। त्यतिखेर सिह महानगरको मेयर थिएनन् । उनी बिरगंज महानगर पालिकाको मेयरमा निर्वाचित भएपछि नेपाली काङ्ग्रेस पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईका सभापति महम्मद सहाबुदिन,जनमतका पार्टीको शशिकपुर मिया, नेकपाका निर्वाचित अध्यक्ष आरके सिह पराग, जसपाका वडा अध्यक्ष मनाेज राउत कुर्मी,मुकेश द्ववेदि सहितकाे नागरिक समाजले मेयर सिहले जाली प्रमाण पेस गरि अर्काको छोरिलाइ आफ्नो छोरि भन्दै नागरिकता दिलाएकोले कार्वाही गरि पाउ भनि जिल्ला प्रशासन जिल्ला प्रहरी गृह मन्त्रालय अख्तियर लगाएतको निकायमा उजुरी दिएपछि मेयर आतिएर शक्तिकेन्द्र धाइरहेका छन कतैबाट पनि सकारात्मक प्रतिक्रिया नआएकोले पद पनि जाने जेल पनि जानुपर्ने भयले त्रसित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *