वीरगन्ज,१२असाेज । वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।
सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार बिहान दुई जना फरार रहेकाे काफ्लेले बताए ।
प्रहरीका अनुसार सुधार गृहकाे छतमा लगाइएको काँडेतार काटेर उनीहरु गृहसंगै टाँसिएर रहेकाे मेडिकल क्लिनिकाे छतमा गई त्यहाँबाट हाम फालेर भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बाल सुधार गृहबाट फरार भएका दुवै जनाकाे खाेजी भइरहेको बताए ।
देश
प्रदेश २
समाज
हेडलाइन
वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार
- १२ आश्विन २०८०, शुक्रबार
- 328 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार