बिरगंज २८ साउन ।
नेपाली काङ्ग्रेस पर्साका प्रभावशालि युवा नेता महम्मद सहाबुदिनले आफैले आफ्नो श्रीमतिको नामकाे करोडौंकाे जमिन अदालतको आदेशको सम्मान गर्दै महानगर पालिकालाइ दिने घोषणा गरेका छन ।
नेपाली काङ्ग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सभापति महम्मद सहाबुदिनले तत्कालीन बिरगंज नगर पन्चायत द्वारा गठन भएको पशुपति आदर्शनगर बिकास समितिले बिक्रि गरेको जाग्गा तत्कालिन अबस्थामा बिरगंज महानगर पालिका वडा नम्बर ६ घर भएका अरुन कुमार अग्रवालले खरिद गरेका थिए ।
सो जमिन नेपाली काङ्ग्रेसका युवा नेता महम्मद सहाबुदिनले आफ्नाे श्रीमति नजमा बेगमको नाममा रजिश्ट्रेशन पास गराएका थिए सो जग्गा खरिद गर्न सहाबुदिनले तत्कालीन अबस्थामा जग्गा धनि अरुन कुमार अग्रवाललाइ चार करोड रकम बुझाएका थिए ।
सो जमिनमा सहाबुदिनले देशको महा पुरुष पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइला फाउन्डेसनको सम्पर्क कार्यालय खोलेका थिए तर जबदेखि महमद साबुदिनले सो जाग्गामा जि पि फाउन्डेसनको कार्यालय स्थापना गरे त्यसपछि राजनैतिक चलखेल सुरु भयो सो जागा माथि बिरगंज महा नगरपालिकाले आफ्नो भएको दबि गर्दै जिल्ला अदालत पर्सामा उजुरी दियो जिल्ला अदालतले सम्पुर्ण कागजनै जालि भन्दै एकतर्फी फैसला गर्यो र सोही मुद्दालाइ उच्च अदालत जनकपुरको बिरगंज अस्थायी इजलासले पनि सदर गरिदियो । अदालतको फैसेलामै कैफियत देखिएको छ ।
अर्को अङ्कमा