April 15, 2026
Parsa, Nepal
कला-साहित्य देश

वीरगन्जमा १५ दिने अभिनय कार्यशाला सुरु

वीरगन्ज बैशाख १३
भोजपुरी प्रतिष्ठान, वीरगन्जको आयोजनामा १५ दिने अभिनय कार्यशाला सोमवारदेखि सुरु भएको छ । महिला र पुरुष गरी १५ जना पशिक्षार्थी सहभागि रहेको कार्यशाला उद्घाटन कार्यक्रमबीच शुभारम्भ गरियो । प्रतिष्ठानका कार्यकारणी सभा सदस्य तथा अभिनय कार्यशालाका संयोजक कामेश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमा प्रशिक्षक शरिता साहले यस आयोजनले वीरगन्ज अभिनयको क्षेत्रमा पनि बिकास गर्ने आशा ब्यक्त गरिन ।

नेपालको नाम चलेका रंगकर्मी रहेकी साह लघु फिल्म निर्माणमा पनि सानो समयमा राम्रो परिचय बनाउन सकेकी छिन् । उनले प्रशिक्षार्थीहरुलाई यस मौकाको सदुपयोगका निम्ति तत्परता राख्न सुझाइन । अर्का प्रशिक्षक रंगकर्मी अनिल कुर्मीले अभिनय सिक्नेभन्दा आफुभित्र जागृत गराउने बिषय रहेको बताए । उनले यहाँ अनुभवको आदानप्रदान, प्रयोगात्मक अभ्यासजस्ता माध्यमहरु अपनाइने बताए । कार्यक्रमका अतिथी फिल्म निर्माता बुद्धीप्रसाद पन्त (हरी)ले आफुले बिगतमा वीरगन्जमा बसेर नेपाली चलचित्र निर्माण गर्दा मुख्य कलाकार, साना पात्र, प्राबिधि, स्टुडियो लगायत सबै चिजको लागि काठमाडौंमाथी निर्भर हुनु परेको अनुभव सुनाए । यस कार्यशालाले अब उपरान्त वीरगन्जबाट फिल्म बनाउदा यहाँ कलाकार स्थानीय स्तरमैं पाउने बातावरण बनोस भनेर आपेक्षा जनाए ।

वीरगन्ज मेनरोड नेपाली सेनाको बैरेक नजिक रहेको ‘क्लासिक बैंकेट’मा आयोजित कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका कार्यकारणी सभा सदस्य अजमत अलिले आफुहरुले प्रतिभहरुलाई उजागर गर्न खोजेको बताए । भारतबाट आएका भोजपुरी अभियानकर्मी निरज मिश्राले शुभकामना दिए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारणी सभा सदस्यहरु अनिता साह, रितेश त्रिपाठी, रितुराज, अशोक कुशवाहा लगायतको सक्रियाता रहेको थियो । यसअघि प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले बाहिरबाट आएका प्रशिक्षकहरुलाई प्रतिष्ठानको कार्यालयमा स्वागत गर्दै कार्यक्रम सफलताका लागि शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *