April 15, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती समाज

नेपाली काँग्रेसमा सयौं युवा प्रवेश

वीरगन्जमा आयोजित एक कार्यक्रममा एक सयभन्दा बढी युवाहरु प्रवेश गरेका छन् । पार्टीको वीरगन्ज महानगरपालिका १६ नम्बर वडाको समितिले आयोजना गरेको कार्यक्रमा जिल्लाका नेताहरुले १८ वर्षदेखि ३० वर्षसम्म उमेर समुहका युवाहरुलाई फुलमाला र टिका लगाएर काँग्रेस पार्टीमा प्रवेश गराए ।

कार्यक्रम प्रमुख अतिथि पार्टीका जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले बिकास, रोजगारी, समृद्धी र राजनीतिक स्थिरता नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताए । मधेशको नारा दिएर युवाहरुलाई दुरुपयोग गर्ने, आन्दोलनमा मारिएपछि पचास लाख दिन्छु भनेर उक्साउने र जातीय नारा दिएर समाजलाई बिभाजित बनाउने कथित मधेसी दलका नेताहरुसंग उनीहरुले गरेको धोकाका बारेमा सवाल गर्ने समय आइसकेको जिल्ला सभापति क्षेत्रीको भनाई थियो ।

नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका १६ समितिका सभापति बाबुनन्द प्रसाद चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेता क्षेत्रीले घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने नारा साकार पार्न अह्वान गरे । नेपाली काँग्रेसका नेता तथा संबिधानसभा सदस्य अनिल रुँगटाले नेपाली काँग्रेस पार्टीले मात्र युवाहरुको वर्तमान र भविश्य सुरक्षित गर्ने पार्टी भएकोले यसमा समाहित हुने युवाहरु कहिल्यै निराश हुनु पर्ने हुदैन बताए । उनले नेपाली काँग्रेसमा समाहित हुने निर्णय युवाहरुको आफ्नो हितमा, समाजको हितमा र देशको हितमा रहेको बताए ।

नेपाली काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले युवाहरु देश र समाजको मुटु भएको हुनाले युवाहरुको प्रवेशले उत्सािहत भएको बताए । आगामी सबै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनमा सबैले भुमिका खेल्नुपर्ने बताए । काँग्रेसका जिल्ला सचिव इम्तियाज आलम, पार्स २ का क्षेत्रीय सभापति मोहमद शहाबुद्दीन, वीरगन्ज महानगरपालिकाका नगर सभापति मणिन्द्रलाल नेपाली, नेता विजय सर्राफ लगायतले मन्तब्य तथा शुभकामना राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *