वीरगञ्ज ०१ फाल्गुन ।
वीरगञ्जमा ट्रान्सपोर्टेशन व्यवसायको आवरणमा कपडा भित्र्याई भन्सार प्रक्रिया छलिएको आशंकामा गरिएको छापा कारबाहीपछि राजनीतिक वृत्तसमेत तातेको छ। “रून्चे मदन” उपनामले चिनिने मदन गुप्ता मुख्य आरोपितका रूपमा फरार रहेका छन् भने स्रोतहरूले रास्वपा पर्सा क्षेत्र नं. २ का उम्मेदवार सुषिल साह कानुसँग निकट भनिएका केही व्यक्तिहरू पक्राउ परेको बताएका छन्।
सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्जस्थित एक निजी घर परिसरमा सञ्चालन हुँदै आएको गोदाममा छापा मारेको थियो। गोप्य सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा ठूलो परिमाणमा कपडा बरामद भएको सुरक्षा स्रोतले जनाएको छ। छापा चलिरहेकै बेला त्यहाँ उपस्थित व्यक्तिहरूले प्रहरी टोलीमाथि अवरोध सिर्जना गरेको र झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते भएको पुष्टि गरिएको छ। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार सीमावर्ती नाकाबाट भरियामार्फत कपडा भित्र्याई विभिन्न स्थानमा ‘पोका’ बनाएर संकलन गर्ने र त्यसपछि गाडीमार्फत देशका विभिन्न शहरहरूमा पठाउने संरचित मोडेल प्रयोग भइरहेको संकेत भेटिएको छ।घटनापछि पक्राउ परेकामध्ये केही व्यक्ति सुषिल साह कानु निकट रहेको दाबी स्रोतहरूले गरेका छन्।
गुञ्जन सर्राफ लगायतका व्यक्तिहरूलाई पनि कानु निकट मानिने गरिएको स्थानीय चर्चा छ। यद्यपि, यस विषयमा आधिकारिक प्रतिक्रिया भने प्राप्त भइसकेको छैन। मदान गुप्ता उर्फ “रून्चे मदन” भारतीय मूलका नागरिक रहेको र २०६३ सालतिर नेपाली नागरिकता लिएको दाबीसमेत सार्वजनिक भएको छ। उनी वर्षौंदेखि सीमावर्ती क्षेत्रमा सक्रिय रहेको आरोप लाग्दै आएको स्थानीयहरू बताउँछन्।
जिल्ला प्रहरी कार्यालय पर्साले मुख्य आरोपित फरार रहेको र खोजी कार्य तीव्र पारिएको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको तथा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।यस घटनाले सीमा क्षेत्रमा हुने भन्सार छली र त्यसमा राजनीतिक पहुँचको सम्भावनाबारे पुनः प्रश्न उठाएको छ। अनुसन्धानको निष्कर्षपछि मात्र आरोप–प्रत्यारोपको सत्यता स्पष्ट हुने देखिन्छ।
प्रदेश २
राजनिती
हेडलाइन
रास्वपा उम्मेदवार सुशिल साह कानुको नाम जोडिँदै : मदन गुप्ताको भन्सार छल आशंकित सञ्जालमा निकट व्यक्तिहरू पक्राउ, मुख्य आरोपित फरार
- १ फाल्गुन २०८२, शुक्रबार
- 626 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार