बीरगञ्ज । पछिल्ला केही दिनदेखि बीरगञ्जमा देखिएको धार्मिक प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न तनावलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णयहरू लागू गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले परिस्थितिलाई सामान्य बनाउने उद्देश्यसहित आज अपराह्न ४ बजे बीरगञ्ज बजार क्षेत्रमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले अबदेखि कुनै पनि धार्मिक, सामाजिक वा अन्य घटनाको बहानामा बीरगञ्जमा प्रदर्शन वा आन्दोलन गर्न प्रमुख जिल्ला अधिकारीको पूर्वअनुमति अनिवार्य हुने स्पष्ट पारेको छ। अनुमति बिना गरिने कुनै पनि गतिविधि कानुनविपरीत मानिने र कडाइका साथ नियन्त्रण गरिने प्रशासनले जनाएको छ।
आजको बैठकमा उपस्थित सबै राजनीतिक दल, धार्मिक संस्था, नागरिक समाज तथा स्थानीय जनप्रतिनिधिहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गरी सक्रिय रूपमा काम गर्ने सहमति भएको छ। यही संयन्त्रको अगुवाइमा आज ४ बजे सद्भाव र्याली निकालेर आपसी भाईचारा, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरिनेछ।
जिल्ला प्रशासनले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई धार्मिक, सांस्कृतिक वा सामाजिक सद्भाव खल्बल्याउने समाचार, भिडियो वा सामग्री नप्रसारण गर्न आग्रह गरेको छ। गलत सूचना र अफवाह फैलाउने कार्यले अवस्था झनै जटिल बन्न सक्ने भन्दै संयम अपनाउन अनुरोध गरिएको छ।
धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने, आन्दोलनलाई उक्साउने वा अराजक गतिविधिमा संलग्न समूह तथा व्यक्तिलाई कानुनी दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ। साथै, सबै समुदायका अगुवाहरूले आफ्ना समुदायभित्र अनुशासन र आत्मसंयम कायम गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
वेबसाइट र सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक
बैठकमा सहभागी सबै संस्था र पक्षहरूले आजका निर्णयहरू आफ्ना website र Facebook page मार्फत सार्वजनिक गर्ने तथा शान्ति स्थापना गर्न आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्ने सहमति गरेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले सबै नागरिकलाई सद्भाव र्यालीमा शान्तिपूर्ण सहभागिता जनाउन र बीरगञ्जको शान्ति, सुरक्षा र सामाजिक एकता कायम राख्न सहयोग गर्न अपिल गरेको छ।
देश
प्रदेश २
समाज
हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त सद्भाव र्याली
- २२ पुष २०८२, मंगलवार
- 208 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार