पर्सा, ६ माघ । फागुन २१ नजिकिँदै गर्दा पर्साको राजनीतिक आकाश पूर्ण रूपमा तातेको छ। चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तासँगै यहाँको चुनावी प्रतिस्पर्धा रोचक मोडमा प्रवेश गरेको छ। कुल १०९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमा ४४ जना स्वतन्त्र उम्मेदवारको उपस्थिति यसपटकको निर्वाचनलाई फरक बनाउने संकेत हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ३०, क्षेत्र नम्बर २ मा ३२, क्षेत्र नम्बर ३ मा २३ र क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दलका आधिकारिक उम्मेदवारसँगै असन्तुष्ट नेता र नयाँ अनुहारहरूको उपस्थिति देखिँदा पर्साको चुनाव सामान्य प्रतिस्पर्धा मात्रै नभई राजनीतिक सन्देश बोकेको लडाइँ बन्दै गएको छ।
क्षेत्र नम्बर १ मा पूर्वमन्त्री प्रदीप यादव, कांग्रेसका अनिल रुंगटा, जसपाका रामनरेस यादव र रास्वपाका हरि पन्तबीच कडा टक्करको संकेत देखिएको छ।
क्षेत्र नम्बर २ मा निवर्तमान सांसद अजयकुमार चौरसिया, रास्वपाका सुशील कानु, जसपाका अशोक टेमानी र स्वतन्त्र उम्मेदवार राजेश्वर साह तेलीले चुनावलाई थप रोमाञ्चक बनाएका छन्।
क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरी, एमालेका रुपेश पाण्डे र रास्वपाका रमाकान्त चौरसियाबीच जनमत तानातान हुने देखिन्छ।
क्षेत्र नम्बर ४ मा निवर्तमान सांसद रमेश रिजाल, एमालेका जालिम मियाँ अन्सारी र रास्वपाका टेकबहादुर शाक्य चुनावी प्रतिस्पर्धाको केन्द्रमा छन्।
यस निर्वाचनमा पर्साबाट चार पूर्वमन्त्री पुनः मैदानमा उत्रिनु अर्को महत्वपूर्ण पक्ष हो। अनुभव र नयाँ सोचको संगमले मतदातालाई कसतर्फ आकर्षित गर्छ भन्ने प्रश्न अहिले पर्साको हरेक चिया पसलदेखि चौक–चौराहासम्म गुञ्जिरहेको छ।
अब अन्तिम उम्मेदवार सूची सार्वजनिक भएसँगै चुनावी प्रचार तीव्र हुनेछ। पर्साको जनताको फैसला कसले जित्छ – त्यो उत्तर फागुन २१ मा आउनेछ।
प्रदेश २
राजनिती
हेडलाइन
पर्साको चुनावी मैदान तात्यो: १०९ उम्मेदवार, अनुभवी नेतादेखि नयाँ अनुहारसम्मको भिडन्त
- ८ माघ २०८२, बुधबार
- 201 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार