वीरगंज २२ चैत्र ।
मेयर राजेशमान सिह विरुद्धको जाली नागरिकता र सरकारी कागजात किर्ते मुद्दा प्रहरी प्रशासनले कानुनी प्रकृया अगाडि बढाउन अनाकानी गरेकाे भन्दै नागरिक समाज र राजनैतिक दलले बीरगंजमा आज पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुंगेलकाे प्रति मुर्ति बनाई आगाे लगाई प्रदर्शन गरेका छन ।
वीरगंजकाे मुख्य बजार माईस्थान चाेकमा चक्का जाम गरि नागरिक समाजले पुतला दहन गरेकाे हाे । तीन महिना भन्दा लामाे समयदेखि संघर्षरत नागरिक समाजले प्रहरी प्रशासनकाे काम कार्वाहिमा शंका देखिएकाे हुदा आज जिल्लाका प्रमुखहरु पुतला दहन गरि विराेद्ध जनाएकाे बताएका छन ।
मेयर सिह विरुद्धको मुद्दाको छानबिन गर , दोषी माथी कार्वाही गर , प्रहरी प्रशासन मुर्दाबाद, भ्रष्ट एसपि जिल्ला छाेेड भन्ने नारा लागाउदै प्रदर्शनकारीहरुले बाटाे अवरुद्ध गरि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
यथेष्ट प्रमाण हुदाहुदै पनि प्रहरी प्रशासनले मेयर सिह विरुद्धको मुद्दाको छानबिन समेत नगरेको भन्दै प्रदर्शनकारीहरुले आक्रोश ब्यक्त गरेका छन । छानबिन प्रक्रिया सुरु नगरे थप कडा आन्दोलन गर्ने पनि प्रदर्शनकरीहरुले चेतावनी दिएका छन् ।
देश
प्रदेश २
राजनिती
समाज
हेडलाइन
पर्साका प्रहरी उपरिक्षक कुमाेद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालकाे पुतला दहन ।
- २३ चैत्र २०८०, शुक्रबार
- 264 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार