April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

यातायात ब्यबस्था कार्यालय बिरगंजमा ब्यापक भ्रष्टाचार । प्रमुख रेग्मिले बिचौलिया मार्फत पैसा बुझ्ने गरेका छन ।

बीरगंज माघ ।
नारायणी यातायात ब्यबस्था कार्यालय बिरगंजको प्रमुख भएर उमेश रेग्मी आएपछि यातायात कार्यालय भ्रष्टाचारिहरुको अखडा बनेको छ । बिगतमा यातायात कार्यालय बिरगंजको सवारी शाखको प्रमुख भएको समयमा सरकारी कागजात किर्ते गरि सवारी दर्ता गर्दा गरेको भ्रष्टाचारको अख्तियर दुरुपयोग अनुशन्धान आयोगले छानबिन गरिरहेको छ । रेग्मिले बिचौलिया मार्फत रकम लिएर बिना परिक्षा बिना ट्रायल गाडी चलाउने लाइसेन्स दिएका पनि थिए । रेग्मिको कार्यकालमा त्यस्ता कतिलाइ लाइसेन्स दिएका थिए र कति रकम भ्रष्टाचार गरेर आर्जन गरेका थिए भनी अहिले छानबिन गरिरहेको छ । तिनै भ्रष्टाचारको अभियोग लागेका रेग्मिले मन्त्रालय र शक्तिकेन्द्रलाई रिझाएर अहिले झन शक्तिशाली भएर बिरगंज आएका छन । मधेस प्रदेश सरकारले रेग्मिलाइ लाइसेन्स र सवारी शाखा दुबैको प्रमुख बनाएर पठाएको छ । रेग्मी बिरगंज आएदेखिनै पुरानै प्रबिर्ति सुरु भएको छ । बिचमा कानुनी प्रक्रिया पुरागरेर लिखित र ट्रायलमा पास भएका ब्यक्तिहरुले मात्र लाइसेन्स पाउने ब्यबस्था गरिएको थियो रकमि चलखेल बन्द भएपछि बिचौलियाहरुको बिचल्ली भएको थियो । जब रेग्मी दुबै शाखाको प्रमुख भएर बिरगंज आए त्यसपछि पुरानै प्रबिर्ति दोहोरिन थालेको छ । पहिला सवारी शाखको मात्र प्रमुख भएर आएका रेग्मिले मधेस प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको मन्त्री , सचीव र कर्मचारीहरुलाई मिलाएर अहिले सवारी र लाइसेन्स शाखाको प्रमुख भएका छन । रेग्मी पहिले भन्दा बढि अधिकार लिएर आएपछि दुबै शाखामा भ्रष्टाचार मौलाएको छ । तल देखी माथी सम्म मिलाएको कारण रेग्मिलाइ कोहिकसै सङग डर पनि छैन दुबै हातले लुटिरहेका छन । बिचौलिया मर्फत जायज नाजायज सबै काम गरिरहेका छन ।उनलाई अब त अख्तियरको पनि डर छैन हुन सक्छ अख्तियारलाइ पनि मिलाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *