बीरगंज माघ ।
नारायणी यातायात ब्यबस्था कार्यालय बिरगंजको प्रमुख भएर उमेश रेग्मी आएपछि यातायात कार्यालय भ्रष्टाचारिहरुको अखडा बनेको छ । बिगतमा यातायात कार्यालय बिरगंजको सवारी शाखको प्रमुख भएको समयमा सरकारी कागजात किर्ते गरि सवारी दर्ता गर्दा गरेको भ्रष्टाचारको अख्तियर दुरुपयोग अनुशन्धान आयोगले छानबिन गरिरहेको छ । रेग्मिले बिचौलिया मार्फत रकम लिएर बिना परिक्षा बिना ट्रायल गाडी चलाउने लाइसेन्स दिएका पनि थिए । रेग्मिको कार्यकालमा त्यस्ता कतिलाइ लाइसेन्स दिएका थिए र कति रकम भ्रष्टाचार गरेर आर्जन गरेका थिए भनी अहिले छानबिन गरिरहेको छ । तिनै भ्रष्टाचारको अभियोग लागेका रेग्मिले मन्त्रालय र शक्तिकेन्द्रलाई रिझाएर अहिले झन शक्तिशाली भएर बिरगंज आएका छन । मधेस प्रदेश सरकारले रेग्मिलाइ लाइसेन्स र सवारी शाखा दुबैको प्रमुख बनाएर पठाएको छ । रेग्मी बिरगंज आएदेखिनै पुरानै प्रबिर्ति सुरु भएको छ । बिचमा कानुनी प्रक्रिया पुरागरेर लिखित र ट्रायलमा पास भएका ब्यक्तिहरुले मात्र लाइसेन्स पाउने ब्यबस्था गरिएको थियो रकमि चलखेल बन्द भएपछि बिचौलियाहरुको बिचल्ली भएको थियो । जब रेग्मी दुबै शाखाको प्रमुख भएर बिरगंज आए त्यसपछि पुरानै प्रबिर्ति दोहोरिन थालेको छ । पहिला सवारी शाखको मात्र प्रमुख भएर आएका रेग्मिले मधेस प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको मन्त्री , सचीव र कर्मचारीहरुलाई मिलाएर अहिले सवारी र लाइसेन्स शाखाको प्रमुख भएका छन । रेग्मी पहिले भन्दा बढि अधिकार लिएर आएपछि दुबै शाखामा भ्रष्टाचार मौलाएको छ । तल देखी माथी सम्म मिलाएको कारण रेग्मिलाइ कोहिकसै सङग डर पनि छैन दुबै हातले लुटिरहेका छन । बिचौलिया मर्फत जायज नाजायज सबै काम गरिरहेका छन ।उनलाई अब त अख्तियरको पनि डर छैन हुन सक्छ अख्तियारलाइ पनि मिलाएका छन ।
देश
प्रदेश २
हेडलाइन
यातायात ब्यबस्था कार्यालय बिरगंजमा ब्यापक भ्रष्टाचार । प्रमुख रेग्मिले बिचौलिया मार्फत पैसा बुझ्ने गरेका छन ।
- १४ माघ २०८०, आईतवार
- 340 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार