April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

मेयर नागरिकता प्रकरण : नेपाली काग्रेसद्वारा प्रदर्शन

वीरगंज २९ पुष । मेयर राजेशमान सिंहले नक्कली छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै वीरगंजमा नेपाली काग्रेस क्षेत्र नं २ले वीरगंज महानगरपालिका वडा नं ३ को कार्यालय परिसरमा आइतबार नाराबाजी गर्दै घेराउ गरेका छन ।
नक्कली बाबु बनेको वडाका प्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि जानाजान सिफारिस दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मेयर राजेशमान सिंहले आफ्नी हुँदै नभएकी छोरी भन्दै रबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषयमा वीरगंजका सचेत नागरिक समाज आन्दाेलित रहेका छन। राजेशमानले सिफारिस लिँदाको समयमा उक्त वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले आफैँ नक्कली बाबु बनेर नागरिकता दिलाएका कारण मेयरलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

कानुनी राज्यकाे आभास सम्पुर्ण नेपाली नागरिकलाई दिलाउने छाै र जाहेरीकाे पुर्णरुपमा निषपक्ष छानबिन हुने छ भन्ने प्रमुख जिल्ला अधिकारीले बताए ।
पत्रमा मेयर सिंहले गरेको कार्य नागरिकता ऐन विपरितको कार्य भएकाले मेयर राजेशमान सिंहलाई अविलम्ब पक्राउ गरि पदबाट निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
त्यस्तै राष्ट्रियतासँग खेलवाडगर्नेलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवारी समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *