वीरगंज, पुस २५
झुठो बिवरण पेश गरि लिएको नागरिकता बदर गरि थप कारवाहीको माँग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी पत्र पेश गरिएको छ । बिभिन्द दल संग आवद्ध नेताहरुले कारवाहीको माँग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लाम्साललाई सो उजुरी पत्र पेश गरेका हुन । वीरगंज ३ बस्ने २१ बर्षिया रुबिना श्रेष्ठ र सोही वडा नस्ने ५३ बर्षिय राजेशमान सिंह लाई बिपक्षी बनाई उजुरी दिइएको छ । ५३ बर्षिय राजेशमान सिंह वीरगंजका मेयर हुन । मेयर सिंहले झुठो जन्मदर्ता बनाई अर्काकी छोरीलाई आफनो छोरी हो भनी झुठो विवरण पेश गरि मिति २०७५/४/१३ गते रुबिना श्रेष्ठको नाउँमा नागरिकता बनाएको उजुरीकर्ताले पेश गरेको पत्रमा उल्लेख छ ।
झुठो बिवरण पेश गरि नागरिकता लिने र नक्कली बुवा बनी सिफारिस गर्ने र नागरिकता बनाउन सहयोग गर्ने वडा अध्यक्ष र कर्मचारीलाई कारवाहीको माँग समेत उजुरीकर्ताले गरेका छन ।

झुठो जन्मदर्ताको विवरण पेश गरि लिएको नागरिकता, राहदानी खारेज गरि दुवै विपक्षीलाई हदै सम्मको दण्ड सजाय हुने गरि कारवाहीको माँग गरिएको पत्रमा उल्लेख छ । उजुरीपत्र दिनु अगाडि उजुरीकर्ताहरुले नगर परिक्रममा गरेका थिए । कानुन हातमा लिन पाईदैन, नक्कली बुवा मुर्दावाद, जंगलराज चल्दैन वीरगंजका मेयर मुर्दावाद लगायतको नारा लगाएका थिए।
शशिकपुर मियाँ, मुकेश द्विवेदि, जलेश्वर सर्राफ, बाबुनन्द पटेल, लियाकत अली, ओमप्रकाश सर्राफ, प्रवेज अख्तर,राजेश पटेल, अजय गुप्ता,अनवर हुसेन, सुलतान अंसारी, उमाशंकर गुप्ता, संजय सिंह, जयप्रकाश ठाकुर, अभिषेश तिवारी, मनोज राउत कुर्मी र अनिल सिंहले उजुरी दिएका छन् ।
उजुरीपत्र पश्चात घण्टाघरमा कोण सभा गरेका उनीहरुले एक हप्ता भित्र छानबिन गरि कारवाही नभए चरणवद्ध आन्दोलन उत्रिने चेतावनी दिएका थिए ।
देश
प्रदेश २
समाज
हेडलाइन
झुठो बिवरण पेश गरि लिएको नागरिकता बदर गरि थप कारवाहीको माँग गर्दै वीरगंजमा प्रर्दशन
- २५ पुष २०८०, बुधबार
- 803 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार