June 6, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

काग्रेस नेता महम्मद सहाबुदिन विरुद्धको नागरिक्ता मुद्धा खारेज ।

बिरगंज २४ पुष ।
नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सभापति महम्मद सहाबुदिन बिरुद्धकाे नागरिक्ता सम्बधकाे मुद्धा जिल्ला अदालत पर्साले खारेज गरिदिएको छ ।
बिरगंज महानगरपालिका वडा नम्बर ३ निवासि महम्मद सहाबुदिन बिरुद्ध जाली प्रमाण पेसगरि नेपाली नागरिक्ताको प्रमाणपत्र लिएको भन्दै बर्तमान महानगर प्रमुख राजेशमान सिहले नागरिक्ता खारेज गरि हदै सम्मको कानुनी कार्यवाहि गर्न माग गर्दै जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेका थिए । अदालतले दुबै पक्षको सुनुवाइगरि अन्तिम फैसला दिएको छ जिल्ला अदालत पर्साकि न्यायधिश माेना सिहकाे एकल इजलासले दाबी नपुगेको भन्दै मुद्दानै खारेज गरिदिनु भएको छ।

लामोसमय देखी चल्दै आएकाे नागरिक्ता सम्बन्धि मुद्दा खारेज भएपछि नेता सहाबुदिनले राहत महसुस गरेका छन भने आफु विरुद्ध नारिक्ता मुद्दा लगाएर आफ्नो राजनैतिक भबिष्य र चरित्र हत्या गर्ने प्रयास गरेका बिरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिह विरुद्ध कडा कदम चाल्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *