बिरगंज २६ पुस।
नागरिकता कान्डले बिबादित भएका बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले बैकबाट ऋण लिदा बुझाएको परिवारिक विवरणमा छोरी बनाएर नागरिकता बनाइ दिएको रुबिना श्रेष्ठको नाम उल्लेख छैन ।
मेयर सिहले सन २०१८ /१०/१२ मा लक्ष्मि बैंकबाट ऋण लिनको लागी आफ्नाे पारिवारिक विवरण बुझएका थिए । बैंकमा बुझाएको विवरणमा हजुरबुबा भक्तमान सिह श्रेष्ठकाे नाति पिता भुपेन्द्रमान सिह माता रुकमणि देबि श्रीमति अन्नपूर्ण मनन्धर छोरा अनिश मान सिह उल्लेख गरेका छन। सो विवरणमा छोरी बनाएर नागरिकता दिलाएकि रुबिना श्रेष्ठको नाम उल्लेख छैन । मेयर राजेशमान सिहले रुबिना श्रेष्ठलाइ आफ्नो छोरी बनाएर बिरगंज महानगर पालिका वडा नम्बर ३ काे वडा समितिमा जन्म दर्ता गराइ जिल्ला प्रशासन कार्यालय पर्साबाट बंशजको नाताले आफु पिता बनि नागरिकताको प्रमाणपत्र दिलाएका थिए । नागरिकता बनाउदाको छोरी रुबिना श्रेष्ठको नाम किन पारिवारिक विवरण उल्लेख छैन ? सिहको श्रीमति अन्नपूर्ण मानन्धरले पनि आफ्नो एउटा मात्र छोरा अनिश मान सिह रहेको बताएकिछिन भने उनका परिवारमा मानिसहरुले पनि सिहको एउटा मात्र सन्तान छोरा रहेको र छोरी नभएको बताएका छन । के कति कारणले राजेशमान सिहले अरुको छोरिलाई आफ्नो छोरी बनाएर नागरिकता बनाईदिए अनुसन्धानकाे बिषय बनेकाे छ ।
