June 6, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

बीरगंज महानगर प्रमुख राजेशमान सिह बिरुद्ध नागरिक्ता मुद्दा । प्रमुख सिहले सनाखत गरि नागरिक्ता दिलाएको किशाेरी सिहको रखैलको छोरी भएको उल्लेख ।

बिरगंज २४ पुष ।
बीरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिहले आफु प्रमुख हुनुभन्दा अगाडी नै एक किशाेरीलाई आफु पिता बनेर नेपाली नागरिताको प्रमाण पत्र दिलाएको समाचर बिभिन्न सन्चार माध्यममा आएपछि नराम्रो सित आलोचित भएका छन । सिहले अरु कसैको छोरीलाई आफ्नो छोरी बनाएर झुठो विवरण पेसगरि बंसजको नागरिक्ता दिलाएको समाचार आएपछि सिहको राजनैतिक भबिष्यका साथै महानगर प्रमुखको पद समेत धरापमा परेको छ ।
बिरगंज महानगर पालिका वडा नम्बर ३ निवासी मन्सुर शेषकाे छाेरा महमद सहाबुदिनले जिल्ला प्रशासन कार्यालय पर्सामा बर्तमान महानगर प्रमुख राजेशमान सिहले अरु कसैको छोरिलाई आफ्नो छोरी बनाइ किर्ते गरि नगरिक्ता दिलाएकोले हदैसम्मको कार्वाही गर्न माग गर्दै जाहेरी दर्ता गराएका छन ।
महम्मद सहाबुदिनले जिल्ला प्रशासन कार्यालयमा गरेको जाहेरी दर्तामा प्रमाण सहित जाहेरी दिएकोले सिह कानुनी फन्दामा फसेर पद समेत गुमाउन सक्ने अबस्था सृजना भएको छ । प्राप्त प्रमाण र महमद सहाबुदिनले जिल्ला प्रशासनमा दर्ता गरेको निबेदनमा उल्लेख भए अनुसार पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी भुपेन्द्रमान सिहको छोरा राजेशमान सिहले आफु महानगरको प्रमुख हुनु अगाबै रुबिना श्रेष्ठलाई आफु उसको पिता भएर नेपाली नागरिताको प्रमाणपत्र दिलाएको उल्लेख छ र उनले सनाखत गरेका पनि छन । प्राप्त सुचना र प्राप्त प्रमाणमा भुपेन्द्रमान सिहका दोस्रो छोरा राजेशमान सिहले आफु पिता बनेर रुबिना श्रेष्ठलाई मिति २०५८ ।३ /३० गते बिरगंज महानगर वडा नम्बर ३ मा जन्म दर्ता गरेको आधार बनाएर मिति २०७५/४/ १३ मा नगरिक्ता नम्बर नागरिक्ता प्रमाण पत्र नम्बर ३४-१६-०१- ७५-०४८४७८ प्राप्त गरेकि छिन ।
रुबिना श्रेष्ठले नागरिता प्राप्त गर्दा अनुसुचिमा आमा रिता भट्टराई सिह उल्लेख हुनुले सिहको रखैलबाट जन्म भएको छाेरीलाइ आफु पिता बनेर नागरिक्ता दिलाए जबकि उनको श्रीमति अन्नपुर्ण मानन्धरले आफ्नो एक मात्र छोरो भएको दाबि गरेकी छिन । यता रुबिना श्रेष्ठ नागरिता लिएर पासपोर्ट बानाएर अस्ट्रेलिया गैसकेकि छिन यता गैर ब्यक्तिलाई नागरिक्ता दिलाएको बिषयले समाजमा तरङ्ग आएको छ्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *