काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निम्तो दिएपछि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने तय भएको छ । पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत रहेका महासचिव गुटेरेस यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपाल भ्रमणमा आउने भएका हुन् ।
नेपाल बसाइका क्रममा उनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको
छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
उक्त पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीेले जानकारी दिए ।
उनले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको काम समेत शुरु गरिसकेको बताए । महासचिव गुटेरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ ।
प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कार्तिक १२ गते बोलाइएको र सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने समेत जनाए ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार