काठमाडौँ, ३० असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्र्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ ।
अर्थतन्त्र
देश
हेडलाइन
ठुलाे रकमसहित चिनियाँ मुलका भारतीय नागरिक विमानस्थलबाट पक्राउ
- ३० आश्विन २०८०, मंगलवार
- 428 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
1 Comment