वीरगंज २७ असाेज ।
इरफान अली
नेपालसंग खुल्ला सिमानाका भएकाे फाइदा उठाउदै भारतिय कुख्यात अपराधिहरु नेपालमा लुकिछिपि पहिचान परिवर्तन गरि बस्ने गरेका छन । भारतकाे जम्मु कस्मिरका कुख्यात अपराधि अमरजित सिह (साैकि) नेपालमा बस्दै आएकाे प्रमाण फेला परेकाे छ ।
भारतकाे जम्मु कस्मिरकाे नानक नगरका इन्टरपाेलकाे सुचिमा रहेका माेस्ट वाण्टेड कुख्यात अपराधि अमरजित सिह (साैकि)नेपालमा दाेहाेराे नागरिकता लिई पहिचान बदलिएर ट्याङ्कर व्यवसायी बनी बस्दै आएका छन ।
भारतकाे जम्मु कस्मिर क्राईम ब्रान्चकाे सुचिमा रहेका गुरु वच्चन सिहकाे छाेरा अमरजित सिह (साैकि) माथि भारतिय अपराधमा संलग्न ३०२/२०१२ U /S ४०६,४२०,४६८,४७१,३४,१२०B/RPC P/S काे धारा अन्तरगत गान्धि नगर प्रहरी चाैकिमा मुदा दर्ता रहेकाे छ ।
अमरजित सिह भारतिय प्रहरी र इन्टरपाेलकाे लिष्टमा फरार अपराधिकाे माेस्ट वाण्टेड सुचिमा रहेकाे भारतिय प्रहरीकाे एक अधिकारीले बताएका छन ।
भारतिय मास्ट वान्टेड अपराधि नेपालमा रहेकाे ठाउँ यकिन गर्न भारतिय प्रहरीकाे एक जस्ता नेपालमा रहेकाे बताईएकाे छ । अमरजित सिहलाई पक्राउ गरि भारत पठाउन सिहबाट ठगिएका व्यक्तिहरु स्थानिय प्रहरी प्रशासनमा हारगुहार गर्दै आएका छन ।
भारतिय अपराधिहरु नेपालमा लुकिछुपि बस्दै आएकाे नाैलाे कुरा हैन पछिल्लो समयका विभिन्न घटना क्रमले पनि प्रमाणित गर्दै आएकाे छ ।
क्रमश: समाचारकाे अर्काे भाग पनि आउने ।।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार