April 16, 2026
Parsa, Nepal
देश समाज हेडलाइन

भारतिय खालिस्थानि आतंकबादी सिह नेपालमा सुरक्षित दोहोरो नागरिता लिएर टयाङकर ब्यबसाय गरेर बसेकाे खुलासा ।

बिरगंज २८ अशोज।
भारतको जम्मु कास्मिर राज्यका ठगी धन्दामा सङ्लग्न रहेका खालिस्थानि आतंकबादी अमरजित सिह नेपालमा पहिचान बदलेर नागरिता लिएर ब्यबसाय गरि बस्दै आएको सनसनी खेज समाचार प्राप्त हुन आएको छ ।
पंजाबलाइ छुट्टै देश बनाउन पृथक्ताबादि सशस्त्र संघर्ष गर्दै आएको खालिस्थानि सङ्गठन जम्मु कास्मिरको नानक नगर निवासि गुरुबचन सिहका छोरा अमरजित सिह ठगी धन्दामा समेत सङ्लग्न थिए जम्मु कस्मिरमा हजारौं ब्यक्तिबाट अर्बौं रुपिया ठगी गरेपछि गान्धी नगर थानामा सिह विरुद्ध ठगी मुद्दा दर्ता भएपछि भागेर नेपाल आएका थिए ।
भारतिय प्रहरीले अनुशन्धान गर्दा अमरजित सिह पृथक्ताबादि खालिस्थानि भएको खुलेपछि भारतिय खुपिया एजेन्सि र ईन्टरपोलको माेष्ट वान्टेड सुचिमा राखेर खोजतलास गरिरहेको छ यता नेपालमा लुकिछिपि बस्दै आएका अमरजित सिहले जाली प्रमाण पेस गरी नेपाली नागरिता लिएर ट्याङ्कर ब्यबसाय गर्दै आएका छन । सिहको बसाई कहिले काठमाडौ र कहिले बिरगंज हुने गरेको छ । भारतिय प्रहरीले अमरजित सिहलाई सुपुर्दुगि गर्न नेपाल प्रहरी सङ्ग अनुरोध गर्दापनि नेपाल प्रहरीले सिहलाई भारतिय प्रहरीलाई सुपुर्दगि गर्न आनाकानी गर्दै आएको समाचार स्रोतले जनाएको छ । क्रमश:

Leave a Reply

Your email address will not be published. Required fields are marked *