May 31, 2026
Parsa, Nepal
देश हेडलाइन

भारतिय कख्यात अपराधि सिह नेपालमा

वीरगंज २७ असाेज ।
इरफान अली
नेपालसंग खुल्ला सिमानाका भएकाे फाइदा उठाउदै भारतिय कुख्यात अपराधिहरु नेपालमा लुकिछिपि पहिचान परिवर्तन गरि बस्ने गरेका छन । भारतकाे जम्मु कस्मिरका कुख्यात अपराधि अमरजित सिह (साैकि) नेपालमा बस्दै आएकाे प्रमाण फेला परेकाे छ ।
भारतकाे जम्मु कस्मिरकाे नानक नगरका इन्टरपाेलकाे सुचिमा रहेका माेस्ट वाण्टेड कुख्यात अपराधि अमरजित सिह (साैकि)नेपालमा दाेहाेराे नागरिकता लिई पहिचान बदलिएर ट्याङ्कर व्यवसायी बनी बस्दै आएका छन ।
भारतकाे जम्मु कस्मिर क्राईम ब्रान्चकाे सुचिमा रहेका गुरु वच्चन सिहकाे छाेरा अमरजित सिह (साैकि) माथि भारतिय अपराधमा संलग्न ३०२/२०१२ U /S ४०६,४२०,४६८,४७१,३४,१२०B/RPC P/S काे धारा अन्तरगत गान्धि नगर प्रहरी चाैकिमा मुदा दर्ता रहेकाे छ ।अमरजित सिह भारतिय प्रहरी र इन्टरपाेलकाे लिष्टमा फरार अपराधिकाे माेस्ट वाण्टेड सुचिमा रहेकाे भारतिय प्रहरीकाे एक अधिकारीले बताएका छन ।
भारतिय मास्ट वान्टेड अपराधि नेपालमा रहेकाे ठाउँ यकिन गर्न भारतिय प्रहरीकाे एक जस्ता नेपालमा रहेकाे बताईएकाे छ । अमरजित सिहलाई पक्राउ गरि भारत पठाउन सिहबाट ठगिएका व्यक्तिहरु स्थानिय प्रहरी प्रशासनमा हारगुहार गर्दै आएका छन ।
भारतिय अपराधिहरु नेपालमा लुकिछुपि बस्दै आएकाे नाैलाे कुरा हैन पछिल्लो समयका विभिन्न घटना क्रमले पनि प्रमाणित गर्दै आएकाे छ ।
क्रमश: समाचारकाे अर्काे भाग पनि आउने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *