April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

बालसुधर गृह बिरगंजको बिबादको समाधान ।

बिरगंज २७ भदौ।
बिरगंजको बिर्तास्थित बालसुधार गृहमा भएको बिबादको दुईपक्ष बर्ता पछी समाधान भएको छ । बालबन्दिहरुले सुधार गृह नियन्त्रणमा लिएर आपसी झडप भएपछि सो भेग तनबग्रस्त बन्नपुगेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि
पर्साका प्रहरी उपरीक्षक कोमल शाह सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्ले र बलबन्दिका प्रतिनिधिहरु बिच भएको बार्ता पछि भक्तपुरबाट ल्याइएका १८ जना मध्य ११ जनालाई अनेत्र सरुवा गर्ने , खानपानको र स्वास्थ सेवाको उचित ब्यबस्था गर्ने लगाएतको बिषयमा सहमति भएको थियो दुई पक्ष बिचको सहमति पछि अहिले स्थिति सामान्य भएको छ । गत भदौ ५ गते भक्तपुरको बालसुधार गृहमा बालबन्दिको मृत्यु भएपछि तनाब भएको थियो बन्दिहरुले सुधार गृह तोडफोड गरि सयौ बन्दि फरार समेत भएका थिए । भक्तपुरका १८ जना बालबन्दिलाई बिरगंज ल्याएपछि याहाका बालबन्दिहरुले बिबाद गर्दा दोहोरो झडप हुदा ३ जना प्रहरी सहित एक दर्जन भन्दा बढी बालबन्दि घाइते भएका थिए । बन्दिहरुले बालगृहका प्रमुख काफ्लेलाई १२ घन्टा नियन्त्रणमा राखेका थिए । मागपुरा गराउन पहल गर्ने भनी बालबन्दिहरुलाई आस्वस्त पारेपछि कार्यालय प्रमुख मुक्त भएका थिए । बालबन्दिहरुले आन्दोलनको कारण बिर्ताको सिग्रेट फ्याक्टरि एरिया तनावग्रस्त बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *