वीरगञ्ज २२ भदौ । वीरगञ्जमा आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने भएका छन । वीरगञ्जमा आज हुने नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उपराष्ट्रपति यादव आज वीरगन्ज आउनु हुने भएको हो ।
वीरगञ्जको नगरसभा गृहमा आज उद्घाटन कार्यक्रम रहेको छ । सोही कार्यक्रमको उद्धघाटनका लागि उपराष्ट्रपति यादव वीरगन्ज आउनु हुने बताइएको छ ।
उहाँको स्वागतका लागि तयारी र व्यावस्थापन पुरा भएकाे आयोजक नेपाल औषधि व्यवासायी संघ पर्साले जनाएको छ ।