April 15, 2026
Parsa, Nepal
अर्थतन्त्र देश विविध हेडलाइन

सुनकाे तस्कर गिरोहका मुख्य सरगना दाउद इब्राहिम । नेपालीहरु दाउदका भरिया मात्र भएको खुलासा

बिरगंज २५ साउन ।
नेपालको बाटो प्रयोग गरेर सुनको तस्करको मुख्य ब्यक्ति अन्तराष्ट्रिय कुख्यात अपराधी डि कम्पनीको सरगना दाउद इब्राहिम भएको र नेपालका ठुला राजनैतिक दलका नेता र उच्च पदस्थ अधिकारिहरु दाउदको भरिया मात्र भएको खुलासा भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको भन्सारबाट पास भएको एक कुन्टल सुन सिनामङगलमा राजश्व बिभागले पक्राउ गरेपछि एक पछि अर्को खुलासा हुदै गैरहेको छ । सिङ्हापुर ,हङकङबाट हवाई मार्ग भएर नेपाल आएको ठुलो परिमाणको सुन नेपालबाट काहा जान्छ र मुख्य ब्यक्ति को हो भनि बिस्तारै खुल्दै गएको छ ।

नेपालमा एक कुन्टल तस्करिकाे सुन पक्राउ परेपछि अन्तराष्ट्रिय खुफिया एजेन्सिहरुको पनि चासो बढयो नेपाल ,भारतका साथै इन्टरपाेल सहितको खुफिया एजेन्सिहरुले गहिरिएर अनुसन्धान गर्दा सुन तस्करिको मुख्य शरगना अन्तराष्ट्रिय अपराधी डि कम्पनीका मुखिया दाउद इब्रहिम भएको प्रमाणहरु फेला पार्‍यो । हङकङ लन्डन सिङ्हापुरबाट सुन पठाउने गिरोहको नाइके चाइनिज तस्कर र सुनको मालिक दाउद इब्राहिम भएको खुलेको हो ।
नेपालका ब्यापारी हुन चाहे राजनैतिक दलका उच्चतहका नेता सत्तामा भएपनि नभएपनि उच्च प्रहरी अधिकृतहरु राजश्व बिभागका उच्च अधिकारीहरु मात्र दाउदका मोहोरा मात्र हुन भरिया मात्र हुन असली मालिक दाउद हो र दाउदको बिरुद्ध जान सक्ने र बोल्न सक्ने कोहि कसैको हिम्मत छैन र थिएन पनि !
दाउदले सुन र जालिनोटकाे तस्करी नेपालको बाटो प्रयोग गर्दै आएको पनि खुलेको छ । यस अगाडि पनि सुन पक्राउ पर्दा भरियाहरु मात्र कारवाहिमा पर्ने गरेका थिए र अहिले पनि एउटा सुन तस्करको मुख्य नाइके एक साधारण मज्दुरलाइ बनाउने प्रयस गरिदै छ । यस अगाडि पनि सुन पक्राउ हुँदा भरिया मात्र फस्थे मालिकको नाम आउदैन थियो र अहिले पनि एतिठुलाे सुन कान्ड हुदा पनि मुख्य व्यक्तिको नाम खुलाउन प्रहरी डराइरहेको छ । कारण मुख्य शरगना दाउद इब्रहायिमको डर र त्रासले हो कोहिकसैले मुख खोलेका छैनन । क्रमस

Leave a Reply

Your email address will not be published. Required fields are marked *