April 15, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती हेडलाइन

बिरगंज महानगरपालिका द्वारा वडा नम्बर एक माथि बिभेद कार्यकारी प्रमुखले कनुनि अडचन देखाएर बजेट निकासा गरेनन ।

बिरगंज साउन ।
बिरगंज महानगर पालिका वडा नम्बर एक बिभेदको सिकार बन्दै आएको छ । महानगर प्रशासनले बिनियोजित बजेट समेत निकासा नदिएर आफ्नो केन्द्रियता लदने काम गरेको छ ।
बिरगंज महानगर पालिका वडा नम्बर एकमा निर्वाचित जनप्रतिनिधिको नाममा प्रमुख प्रशासकीय अधिकृत लक्षमि प्रसद पौडेलले रजनैतिक फाइदा उठाउने उद्येस्यले वडा नम्बर एकको बिकासको काममा अबरोध गरेको खुल्न आएको छ ।

वडा नम्बर एकमा योजना छनौटमा सदस्यहरुले स्वार्थको कारण बिबद गरे जस्ले गर्दा जनस्तरबाट अन्मोदन भएको बजेट नगरपरिषदको बैठकद्वारा पारित हुन पाएन र जुन बजेट पारित भएको छ त्योपनि वडा बाट बहुमतले पास गराएर ल्याए मात्र निकासा दिने भनी प्रमुख प्रशासकीय अधिकृत पौडेलले बजेट निकासा नदिदा वडामा जारी खानेपानीको हाहाकारलाइ न्युनिकरण गर्न समेत समस्या भएपछि वडा नम्बर एकका जनता प्रमुख प्रशासकीय अधिकृत पौडेल समक्ष आफ्नो समस्या पोख्न आएका थिए । ठुलो सङ्ख्यामा जनता आएको सूचना पाएपछि पौडेलले वडा प्रहरी कार्यालयबाट प्रहरी टोलि बोलाएका थिए जनताले शान्तिपुर्ण बार्ता गर्ने भने पछि वडा अध्यक्ष मनाेज राउत कुर्मिको रोहबरमा बर्ता हुदा पौडेलले उप मेयरकाे कोटाबाट खानेपानीको धारा जडान गरिदिने तर बिकास बजेट निकासा नदिने अडान राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *