वीरगंज श्रावण । पर्सा प्रहरी प्रमुख कोमल विक्रम शाह जति इमानदार भएपनि उनका मातहतका कर्मचारी टाइगर टाेलीका ईन्चार्ज लगायतका कर्मचारीहरू भ्रष्ट्र रहेको एउटा अडियो क्लिपले प्रमाणित गर्दछ ।
खुल्ला सिमा नाकामा भइरहेको तस्करी अवैध व्यापार घटना दुरघटनामा अपराध नियन्त्रणमा Quick responce का लागि तयार पारिएको Tiger team टाइगर टाेलीका मनिकान्त साहले प्रहरी आचरण विपरित कार्यमा संलग्न भएको पाइएको छ। एकातिर प्रहरी उपरिक्षक इमानदार कर्मयोगि रहेको पाइन्छ भने अर्को तर्फ उनकै युनिट अन्तरगतका प्रहरी कर्मचारीहरू तस्कारीको लाइन खुलाउन साना ठूला व्यापारी अनुसार नजराना बुझि रहेकाे प्रमाण फेला परेको छ ।
वीरगंज भन्सार क्षेत्र आसपासबाट हुने तस्करहरुसँग प्रति महिनाको हिसाबले 2 हजार देखि २० हजार सम्म नजराना बुझिरहेको खुल्न आएको छ।
आफुलाई नेपाल प्रहरीको टाइगर टोलीमा सहायक प्रमुख बताउने मनिकान्त साह लगायतका कर्मचारीहरूले ब्रह्मलुट मचाएका छन । तस्करहरु संग जबरजस्ति पैसा लिए पछि कुरन सार्वजनिक भएको हाे ।
यसरी प्रहरी आचरण विपरित कार्य गर्ने नेपाल प्रहरीका कर्मचारीलाई कस्ताे कार्यवाही हुने प्रति मात्र पर्सेली जनता पर्खाईमा छन् । प्रहरी उपरिक्षक कोमल शाहको कार्य कुशलता र इमानदारिता यस्ता भ्रष्ट कर्मचारीरुलाई कार्यवाही गरेपछि मात्र प्रष्ट हुनेछ ।