May 31, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती समाज हेडलाइन

वीरगंज महानगरपालिकामा जङ्गलराज कायम मेयरका भतिज रुपेशमान सिंहले आफनो निज निवासमा गरे अनाधिकृत रुपमा बोरिङ्ग जडान

वीरगंज महानगरपालिकामा जङ्गलराज कायम भएको छ । वीरगंज महानगरपनलिकाका मेयर राजेशमान सिंहको गुण्डाराज कायम भएको छ । यहा सानालाई ऐन र ठुलालाई चैन भन्ने उखान शत प्रतिशत पुष्टि गर्ने काम मेयरको आफन्तजनबाट भइरहेको स्वयम उनकै पार्टीका वडा अध्यक्ष मनोज राउत कुमीले प्रस्टयाएका छन ।

वीरगंज महानगरले सर्वसाधारण्लाई डिप बोरिङ्ग गर्न मनाही गरेता पनि मेयरका भतिज रुपेशमान सिंह श्रेष्ठले आफनो निज निवासमा अनाधिकृत रुपमा बोरिङ्ग जडान गरिरहेको प्रमाण फेला परेको छ ।      

पर्सा बारा लगायतका स्थान हाल मरुभुमिमा परिनत हुदै गएको छ । पर्साको मुख्यत शहरी क्षेत्र हाल मरुभुमिमा परिणत हुदै गएको छ । वीरगंजका स्थानियहरु पानीको कमीका कारण हाहाकारमा जीवन बिताउन बाध्य भएका छन । चापाकल तथा पानीका सम्पुर्ण मुहानहरु सुख्खा हुदै गएको कारण वीरगंजवासिहरुको दैनिकि जिविकोपार्जन गर्न गाह्रो हुदै गएको छ ।

वीरगंजवासीलाई हाल पानीको कमीले दैनिकि टार्न गाह्रो भएको बेला वीरगंज महानगरपालिकाले पानीका लागि बोरिङ्ग गर्न महानगर तथा सम्बन्धित वडाबाट अनुमति लिएर मात्र गर्न पाउने भनेको छ तथापी यो अदुर्शी र्निणयका कारण वीरगंजमा पानीको समस्या झनै विकराल भएको छ ।

 

एकातिर ऐन लगाएर सर्वसाधारणलाई बोरिङ्ग लगाउन नपाउने निर्णयले दैनिकि र्टान समेत गाह्रो भएको छ भने अर्को तर्फ महानगरका मेयरका आफनै भतिजो रुपेशमान सिंह श्रेष्ठले महानगरको कानुनको धज्जी उडाउदै आफनो निज निवासमा डिप बोरिङ्ग गरेको पाईएको छ ।

मेयर सिंहले आफु ईमानदार रहेको बताउदै हिडछन तथा जनाताका लागि मात्र काम गरिरहेको दुहाई दिदै आएका छन र कार्यशैली ठयाक्कै उल्टो रहेको पाईएको छ । मेयर सिहका खरखान्दानका अधिकान्स सदस्यहरु महानगरको रकम दोहनमा लागि परेको पाईएको छ ।

 

1 Comment

  • sabir husain July 28, 2023

    यो गलत हो येस्को लागि बिरगंजका सम्पुर्ण जनता एकजुट भइ आन्दोलनमा उतिर्नु पर्छ
    काखा पाखा चल्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *