
वीरगंज श्रावण । लामो समयको खडेरी पछि वीरगञ्जमा खानेपानिको समस्या विक्राल बन्दै गएकाे छ। खानेपानीको मुहान तथा चापाकलहरु सुक्दै गएपछि अहिले वीरगञ्जमा खानेपानीको समस्या बढेकाे छ । यसै विषयलाई लिएर नेपाली कांग्रेस पर्साले बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमलाई ध्ज्ञायानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन ।
नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायणको नेतृत्वमा आज बिरगंज महामगपालिकाको कार्यलयमा गएर ज्ञापनपत्र बुझाइएका छन ।

स्थानिय नागरिकको आधारभुत अधिकारको रुपमा रहेको खानेपानी सम्बन्धि नीति नियम बनाउन र त्यस्को प्रभावकारी कार्यनवयन स्थानिय सरकार को कर्तव्य अन्तर्गत पर्दछ ज्ञापनपत्र मा भनिएको छ।
त्यस्तै काकाकुल नगरवासीले भोग्नु परेको समस्या तत्काल समाधान गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नु पर्ने काम बिरगंज महानगरपालिकाले अबिल्मब योजना बनाइ खाने पानी को समस्या समाधान गर्नुपर्ने सो ज्ञापनपत्रमा जोरदार माग गरिएको छ ।
पानीकाे समस्या तत्काल समाधानका लागि हरेक वडा चौकमा खाने पानीको धारा जडान गर्नु पर्ने त्यस्तै खाने पानी सस्थानबाट पानी वितरण गर्न ब्यवस्था मिलाउनु पर्ने , वडाहरुमा भएका इनारहरु लाई सफा गर्न लगाउने पर्ने उपाएहरु बताइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका नेता लगायत नेपाल विद्यार्थी संघ , नेपाल तरुण दल र नेपाली कांग्रेस अन्तर्गत रहेको महिला संघका नेताहरु को उल्लेख उपस्थिति रहेको थियो ।