April 15, 2026
Parsa, Nepal
देश समाज हेडलाइन

एक महिला सहित ५५ जनाले गरे रक्तदान

लाेआ सम्वादाता
वीरगंज ५ढश्रावन । बीरगंज रक्तसञ्चार केन्द्रमा रगत अभावलाई मध्यनजर गर्दै वीरगन्जका युवा समजसेवी लेयाकत अलीले अकास्मिक रक्तदानकाे आयाेजना गरेका छन । रक्तदान कार्यक्रममा एक महिला सहित ५५ जनाले रक्तदान गरेका छन ।बढ्दाे गर्मी तथा अत्याधिक तापक्रमका कारण बीरगंज बल्ड बैक रक्तसञ्चार केन्द्रमा रगतकाे अभाव भएपश्चात समाजसेवी अलीले अकास्मिक रक्तदान कार्यक्रमकाे आयाेजना गरेका हुन ।

समाजसेवी अलीका साथी भाइ तथा घरपरिवारका ५५ जना सदस्यहरुले रक्तदान गरेका हुन । रक्तदान गर्नेहरुमा सुल्तान अंसारी,राजाबाबु , समिउल्लाह आलम , नसिमा खातुन,प्रिन्स चाैहान ,कुबेर थापा क्षेत्रि , अमन चाैरसिया ,प्रदिप महताे अनिस उपाध्याय नुरेनबि ठकुराई लगायतका व्यक्तिहरुले रक्तदान गरेका छन ।

रक्तदान कार्यक्रमका मुख्य अतिथि नेपाली काग्रेस पर्साका क्षेत्रिय सभापति माेहम्मद सहाबुदिन रहेका थिए । साथै अतिथिमा बीरगञ्ज महानगरपालिका वडा नं १ का अध्यक्ष मनाेज राउत कुर्मी समाजसेवी नुरेनबि ठकुराई , बुथ सभापति शेख निजामुदिन प्राध्यापक इमामुदिन अहमद ,अनवर हुसैन, ग्यासुदिन मिया ठकुराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवकाे समुहले रगत सकंलनमा सहयाेग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *