April 16, 2026
Parsa, Nepal
आम निर्वाचन २०७९ राजनिती

पर्सा १ र २ को मतगणना सुरु

मङ्सिर ०५, पर्सा ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु भएको छ । बिहान १० बजे देखि मत गणना सुरु गर्न भनिएपनी करिब अढाई घण्टा ढिलो गरि सुरु गरिएको पर्सा १ का मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनु भयो ।
४ वटा निर्वाचन क्षेत्र भएको पर्साको १ र २ को मतगणना कार्य सुरु गरिएको उहाँले बताउनु भयो । निर्वाचन क्षेत्र नं. १ तर्फ १(क) मा चोर्नि र १(ख) मा नगवाको मतपेटिका खोलिएको छ भने क्षेत्र नं. २ तर्फ २(क) मा पर्सागढीको वडा नं. १ र २ को र २(ख) को बहुदरमाई नगरपालिकाको वडा नं. २ को मतपेटिका खोलिएको उहाँले जानकारी दिनु भयो ।
 मतदान सकेसङ्गै क्षेत्र नं. १ र २ दुबैको मतपेटिका हिजो बेलुका ६:३० बजे सम्म वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा पुगिसकेको थियो ।
दल एवं उम्मेदवारहरुको प्रतिनिधि पास कार्ड बनाउन विलम्ब भएकोले तोकेको समयमा मतगणना सुरु हुन नसकेको अधिकृत पोखरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *