वीरगंज १७ बैशाख । वीरगंज महानगरपालिकाले बेवारिसे अवस्थामा फेला परेको एक नवजात शिशुको अभिभावकको खोजी गरेको छ। महानगरपालिकाको सूचनाअनुसार असोज ३ गते बिहान करिब ९:४५ बजे वीरगञ्ज–छपकैयाँ सडक खण्डको बालुवामा लत्पतिएको अवस्थामा एक नवजात शिशु (छोरा) फेला परेको थियो।
स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरिएका उक्त शिशुलाई हाल नारायणी अस्पतालको प्रसूति वार्ड हुँदै NICU मा राखी उपचार भइरहेको छ। शिशुको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
महानगरपालिकाले शिशुको बुबा–आमा वा नजिकका नातेदारलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्कमा आउन अनुरोध गरेको छ। अन्यथा कानुनअनुसार शिशुको संरक्षण तथा व्यवस्थापनका लागि वैकल्पिक प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।
देश
प्रदेश २
समाज
हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
- १७ बैशाख २०८३, बिहीबार
- 355 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार