May 31, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी

वीरगंज १७ बैशाख । वीरगंज महानगरपालिकाले बेवारिसे अवस्थामा फेला परेको एक नवजात शिशुको अभिभावकको खोजी गरेको छ। महानगरपालिकाको सूचनाअनुसार असोज ३ गते बिहान करिब ९:४५ बजे वीरगञ्ज–छपकैयाँ सडक खण्डको बालुवामा लत्पतिएको अवस्थामा एक नवजात शिशु (छोरा) फेला परेको थियो।
स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरिएका उक्त शिशुलाई हाल नारायणी अस्पतालको प्रसूति वार्ड हुँदै NICU मा राखी उपचार भइरहेको छ। शिशुको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
महानगरपालिकाले शिशुको बुबा–आमा वा नजिकका नातेदारलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्कमा आउन अनुरोध गरेको छ। अन्यथा कानुनअनुसार शिशुको संरक्षण तथा व्यवस्थापनका लागि वैकल्पिक प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *