पर्सा २६ माघ ।पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगंज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो अभियानका क्रममा रुङ्टाले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।उनले आफ्नो राजनीतिक प्रतिबद्धता, क्षेत्र विकासका प्राथमिकता र भावी योजनाबारे खुलेर जानकारी गराउँदै समस्या बुझेर समाधान खोज्ने राजनीति गर्ने अठोट दोहोर्याए। “विकास केवल भाषणमा होइन, जनताको दैनिक जीवनमा देखिनुपर्छ,” भन्दै रुङ्टाले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई आफ्नो मुख्य एजेन्डा बनाउने स्पष्ट पारे। उनले पर्सा–१ लाई समग्र विकासको नमुना क्षेत्र बनाउने लक्ष्यसहित आफू सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका क्रममा स्थानीय नागरिक, पार्टी नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ छापमा मतदान गरी अनिल रुङ्टालाई विजयी बनाउन अपिल गरे।घरदैलो अभियानमा देखिएको जनउत्साह, सक्रिय सहभागिता र साझा विश्वासले “सुझबुझको आवाज” भन्ने नारा अब केवल शब्दमा सीमित नरही व्यवहारिक परिवर्तनको संकेत बनेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, साथै हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाली कांग्रेस, नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रदेश २
राजनिती
हेडलाइन
पर्सा–१ मा अनिल रुङ्टाको घरदैलो अभियान, श्रीपुर मुर्लीमा जनउत्साहको लहर
- २७ माघ २०८२, सोमबार
- 219 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार