पर्सा १२ कात्तिक ।
सार्क पत्रकार त्रिपुराका वरिष्ठ पत्रकार प्रणब सरकारमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। फोरमका अध्यक्ष राजु लामाका अनुसार आत्मसमर्पण गरेका पूर्व विद्रोही नेता तथा हाल त्रिपुरा विधानसभाका सदस्यले पत्रकार सरकारमाथि झूटो उजुरी दर्ता गरी धम्की दिएका हुन्।
फोरमका अध्यक्ष राजु लामाले बुधबार जारी विज्ञप्तिमा पत्रकारमाथि भएको दमन प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको बताएका छन्। उनका अनुसार उक्त सांसदले आफ्ना अनियमितता सार्वजनिक हुने डरले पत्रकारलाई फसाउने प्रयास गरेका हुन्।
‘सञ्चारकर्मीहरू पीडित पत्रकारको पक्षमा एकजुट हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्य सरकारले पत्रकार प्रणब सरकारलाई आवश्यक कानुनी र शारीरिक सुरक्षा प्रदान गर्नुपर्छ।’
फोरमले भारतीय पत्रकार समाज र अन्तर्राष्ट्रिय प्रेस संगठनहरूलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरेको छ।
समाज
हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
- १३ कार्तिक २०८२, बुधबार
- 419 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार