वीरगंज १० कातिक ।
तराई–मधेसको सबैभन्दा ठूलो धार्मिक र सांस्कृतिक पर्व “छठ” आज भव्य रूपमा मनाइँदै छ। कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरूले बिहानै स्नान गरेर शुद्ध वस्त्र धारण गरी छठ घाटतर्फ गएका छन्। आज बेलुकी उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्ने छन्।
वीरगंजका घडिअर्वा पोखरी, सिर्सिया घाट, राधेमाई, नगवा र मुर्ली पोखरीलगायतका जलाशयहरू बत्ती र रंगीन सजावटले झिलिमिली बनेका छन्। व्रतालुहरूले बाँसको सुपली र माटोको ढकनीमा ठेकुवा, केरा, उखु, स्याउ, अदुवा, कागती, चामलको अछेता आदि राखेर सूर्यदेवलाई अर्पण गर्ने तयारी गरेका छन्।
साँझ सूर्यास्तको बेला व्रतालुहरू जलमा उभिएर सूर्यदेवलाई अर्घ्य दिन्छन् र परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्छन्। अर्घ्यपछि छठ गीत गाएर छठी माताको महिमा गाइन्छ।
आजको अर्घ्यपछि राति “कोसी पूजा” गर्ने चलन पनि छ। मनोकामना पूरा भएका व्रतालुहरूले घर वा घाटमा उखुको मण्डप बनाएर माटोको हात्ती, कलश र फलफूलसहित पूजा गर्छन्। भोलि बिहान “भोरिया घाट” मा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो व्रत समाप्त हुन्छ।
छठ पर्वको सुरुवात “नहाय–खाय” बाट शनिबारदेखि भएको थियो। आइतबार “खरना” का दिन व्रतालुहरूले दिनभर निराहार बसेर साँझ दूध, चामल र सख्खरको खिर बनाई अर्पण गरेका थिए।
छठ पर्वलाई सौभाग्य, स्वास्थ्य र समृद्धिको प्रतीक मानिन्छ। अहिले यो पर्व मधेस मात्र नभई काठमाडौं, पोखरा, धरानलगायत ठूला सहरहरूमा पनि समान उत्साहका साथ मनाइन्छ। सरकारले यस दिन सार्वजनिक बिदा दिएको छ।
देश
समाज
हेडलाइन
आज छठ पर्वको मुख्य दिन : सूर्य देव र छठी मातालाई अर्घ्य अर्पण
- ११ कार्तिक २०८२, सोमबार
- 437 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार