November 6, 2025
Parsa, Nepal
देश राजनिती हेडलाइन

गगन थापाको आह्वान : “अब तीन दलका पुराना नेताहरूलाइ बिदा गरौँ”

काठमाण्डाै २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक भएको बताउँदै तीन प्रमुख दलका पुराना नेताहरूलाइ बिदा गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले भने, “अब समय आएको छ तीन दलका तीन नेताहरूलाई बिदा गरेर नयाँ संवाद र सोचको सुरुवात गरौँ।”
थापाले कांग्रेसभित्र निरन्तर महाधिवेशनको माग गर्दै आएका छन् । उनले नेतृत्त्व परिवर्तन पार्टी सुदृढीकरणका लागि जरुरी रहेको उल्लेख गर्दै भने, “हामीले परिवर्तनको कुरा केवल भाषणमा होइन, अभ्यासमा पनि गर्नुपर्छ।”                        त्यस क्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूलाइ पनि आफ्ना शीर्ष नेताहरूलाई बिदा गर्न आग्रह गरेका छन् ।
“म एमाले र माओवादीका साथीहरूलाई पनि भन्छु— आफ्ना नेताहरूलाई स्पष्ट भन्नुस्, अब नो मोर,” थापाले भनेका छन् ।
थापाले नेतृत्व परिवर्तनले सबै समस्या समाधान हुने होइन भन्दै आफू पनि असफल भएमा पद छाड्न तयार रहेको प्रष्ट पारेका
छन् ।
उनको भनाइमा, “नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने होइन, तर नयाँ सोच, नयाँ अभ्यास र नयाँ विश्वास बिना देश अघि बढ्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *