बीरगंज ०६ जेठ ।
बीरगंजमा शुक्रवार नेपाली काग्रेसको शान्तिपुर्ण बिरोध प्रदर्शनमा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफ्नो भतिजाे सहितकाे मान्छे पठाएर आक्रमण गर्न लागाएको घटनाको नेपाली काग्रेस पर्साले कानुनी रुपमा र सडकबाट समेत प्रतिबाद गर्ने भएको छ ।
नेपाली काग्रेस पर्साका सभापति जनार्दन सिह क्षेत्रीको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बीरगंजका मेयर राजेशमान सिहले सरकारी कागज किर्ते गरि अर्काको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता दिलाएर कानुनको घोर उलङ्घन गरेकोले अबिलम्ब कार्वाही गर्न माग गर्दै नेपाली काग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ ले गरेको आन्दोलन प्रति नेपाली काग्रेस पर्साको पुर्ण समर्थन रहेको जनाउदै नेपाली काग्रेसले गत शुक्रबार साझ मेयर सिहको किर्ते नागरिकता प्रकरणमा अबिलम्ब कार्वाही गर्न माग गर्दै बीरगंजमा बिरोध प्रदर्शन गर्नुका साथै कोणसभा गरिरहेको स्थलमा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफ्ना मान्छेहरु पठाएर आक्रमण गर्न लगाएको घटनाको घोर भर्तसर्ना गर्दै मेयर सिहको गुण्डाहरुमाथी तत्काल कार्वाही गर्न र मेयर सिहको किर्ते नागरिकता प्रकरणको छानबिन गरि कार्वाही गर्न माग गर्ने निर्णय गरेको छ ।
बैठकले मगंलवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने र मेयर सिहको गैर कानुनी किर्ते नागरिकता विरुद्ध सडक संघर्ष गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा मधेस प्रदेश सासद समेत रहनुभएका सभापति क्षेत्रीले नेपाली काग्रेसलाइ क्षेत्रीय पार्टी नठानन आइलाग्नेमाथि जाइलाग्न पछि नपर्ने बताउनु भएको थियो ।
नेपाली काग्रेस कम्जोर पार्टी होइन जस्तोसुकै अबस्थामा पनि संघर्ष गर्न परिआए प्रतिबाद गर्न सक्षम रहेको बताउनु भएको थियो ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
नेपाली काग्रेस पर्साको जिल्ला समितिको बैठक सम्पन्न मेयर सिहको गुण्डा गर्दिको प्रतिबाद गर्ने निर्णय ।
- ६ जेष्ठ २०८१, आईतवार
- 370 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार